सप्तरी– सप्तरीको पश्चिमी क्षेत्रअन्तर्गत रामनगरको दरकटी गाविस हाल बरसाइन नगरपालिका– २ स्थित एक पोखरीमा माटो खन्ने क्रममा कालो पथ्थरको कलात्मक मूर्ति आज भेटिएको छ ।


ADVERTISEMENT


सो नगरपालिकाको चिकनी पोखरीमा जेसिबी लगाएर पोखरी खन्दा करिब तीन देखि चार फिट अग्लो एउटै कालो पथ्थरमा विष्णु, हुनमानजीलगायत आकृति देखिएका विभिन्न किसिमका कलात्मक मूर्ति फेला परेको स्थानीयवासीले जनाकरी दिएका छन् ।
फेला परेको मूर्तिलाई स्थानीयवासीले रामनगरस्थित एक मन्दिरमा प्रतिस्थापित गराई पूजाअर्चना समेत गर्ने गरेको जनाएको छ ।


ADVERTISEMENT

# # #


मूर्ति फेला परेको स्थान र मन्दिरमा मूर्ति हेर्नका लागि हजारौंको भिड लागेको स्थानीय रामकुमार यादवले जानकारी दिए ।