Author: Himalaya Post

वाग्मती प्रदेशको लोकसेवा आयोगले पायो पूर्णता

हेटौँडा – वाग्मती प्रदेशको लोकसेवा आयोगले पूर्णता पाएको छ । सिफारिस समितिले दुईजना सदस्यको सिफारिस गरेसँगै आयोगले पूर्णता पाएको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ रहेको रिफारिस समितिले प्रदेश लोकसेवा आयोगका सदस्यमा पूर्वसहसचिव सुर्दशन ढकाल र शिक्षण अस्पताल, महाराजगञ्जमा अध्यापन गराउँदै आएकी डा शर्मिला न्यौपानेलाई सिफारिस गरेको हो । सिफारिस गरिएका दुवैजनालाई आजै शपथग्रहण गराइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि आयोगमा अध्यक्षको मात्र नियुक्त गरी कामकारबाही हुँदै आएको थियो । आयोगको अध्यक्ष सुरेशमान श्रेष्ठ...

Read More

पेट्रोलियम अन्वेषण : तीन लाइनमा सकियो ‘सेस्मिक सर्भे’

नरबहादुर रिजाल, दैलेख – पेट्रोलियम भण्डारणको क्षमता पत्ता लगाउने ‘सेस्मिक सर्भे’को काम भइरहेको छ । यहाँ पेट्रोलियम पदार्थ छ भन्ने कुरा पक्का भइसकेपछि कति परिमाणमा पेट्रोलियम पदार्थ छ, कुन स्थानमा कति भण्डारण छ भनेर पत्ता लगाउने निकै महत्वपूर्ण मानिएको ‘सेस्मिक सर्भे’को केही काम सकिएपनि बाँकी काम भइरहेको हो । दैलेखका पूर्व पश्चिम उत्तर दक्षिणका विभिन्न भूभागहरुमा जमीनको ४५ फिटमुनिसम्म सानो मेशिनमार्फत ड्रिलिङ गर्ने कार्य सम्पन्न भएपछि हरेक होलमा विस्फोटक पदार्थ राखेर जमीनमुनि आन्तरिक तरङ्ग पठाउने काम शुरु भइरहेको छ । अहिले १० वटा सेस्मिक लाइनमा जम्मा २०० किमी क्षेत्र समेटेर लाइन सर्भे गर्ने काम शुरु भएको जनाइएको छ ।...

Read More

अनेरास्ववियुले टुङ्गायो सबै जिल्लाका संयोजक र सहसंयोजक (सूचि)

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले जिल्ला संयोजक र सहसंयोजकको चयन गरेको छ । केन्द्रीय कमिटीले पूर्णता पाएसँगै जिल्लाका संयोजक र सहसंयोजकको चयन गरिएको हो । केन्द्रीय कमिटीको पहिलो बैठकको कार्यादेशअनुसार जिल्ला संयोजक र सहसंयोजकको टुङ्गो लगाइएको अनेरास्ववियुका संयोजक ऐन महरले बताए । अनेरास्ववियुको जिम्मेवारी पाउने संयोजक र सहसंयोजकमा क्रमशः ताप्लेजुङ डिल्ली न्यौपाने र किरण लिङदेल, इलाम प्रवेश पराजुली र विपिन पोखरेल, सोलुखुम्बु लक्ष्मण खालिङ र अम्वीर काजिङ, ओखलढुङ्गा अशेव श्रेष्ठ र चम्भु फुयाँल, धनकुटा अङ्कित थापा र पदम रखाल मगर, भोजपुर धुव्र राई र नवीन राई, सुनसरी जिवी खड्का र बुद्रोस लिम्बू, मोरङ सन्तोष घिमिरे र...

Read More

सभामुख चयनका लागि निर्वाचन माघ १२ गते

काठमाडौं – संघीय संसद सचिवालयले सभामुखको निर्वाचन माघ १२ गते हुने भएको छ । ज्येष्ठ सदस्य महन्थ ठाकुरले सो मिति र समय निर्धारण गरेको सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ । संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईद्वारा जारी सूचना अनुसार सभामुख चयनका लागि निर्वाचन माघ १२ गते दिउसो ३ः०० बजे हुनेछ । सभामुखको उम्मेदवारी दर्ताको समय भने भोलि मंगलबार ७ विहान ११ बजेदेखि २ बजेसम्म तोकिएको छ । उपसभामुख डा. शिभमाया तुम्बाहाङ्फेले आजै पदबाट राजीनामा दिएसँगै सभामुख चयनको बाटो खेलेको हो । सभामुख र उपसभामुख फरक फरक दलबाट चयन हुनुपर्ने संवैधानिक व्यवस्था रहेको र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आईतबार...

Read More

नेप्सेमा साढे २६ अङ्कको गिरावट

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झण्डै साढे २६ अङ्कले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार थामिएर आज ओरालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक आज २६.५४ विन्दुले घटेर एक हजार ३१७.११ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.८६ ले घटेर २८३.५३ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम झण्डै रु दुई अर्ब बराबर छ । कूल १८२ कम्पनीको ५८ लाख ४६ हजार २३८ कित्ता शेयर रु एक अर्ब ९७ करोड तीन लाख ८७ हजार ९९३ मूल्यमा खरिद–बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका...

Read More