Author: Himalaya Post

सहाराविहीन नाबालकलाई लाइन्स क्लबद्वारा आर्थिक सहयोग

पाँचथर– लाइन्स क्लब पाँचथरले तेह्रथुम सक्रान्तिको सहाराविहीन एक नाबालकलाई आर्थिक सहयोग गरेको छ । सदरमुकाम फिदिममा मङ्गलबार आयोजित एक कार्यक्रमबीच ४ महिनाको उक्त बालकलाई रु ९० हजार एक सय ३१ रकम हस्तान्तरण गरिएको हो । फिदिम–१ का समाजसेवी बद्री रिजालले बालकका आफन्त फिदिम–१ का पवित्रा लोहारलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । सक्रान्तिका खगेन्द्र लोहार र मीना लोहारका ४ महिना बालकको अहिले उनीहरुका आफन्त पवित्राले हेरचाह गर्दै आएकी छिन् । सुन्निने रोगबाट नाबालककी आमाको मृत्यु भइसकेको छ भने पवित्रालाई बालकको जिम्मा लगाएर बुबा अहिले बेपत्ता छन् । नाबालकको पालनपोषण र पढाइ खर्चका लागि भनेर उक्त रकम स्वदेश तथा विदेशमा...

Read More

चिनियाँ रक्षामन्त्री क्वान चैत १० मा नेपाल आउने

काठमाडौँ– चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेता तथा चीनको राष्ट्रिय रक्षामन्त्री चाङ वान क्वान नेपाल आउने भएका छन्। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुन लागेको पहिलो संयुक्त सैन्यअभ्यासको पूर्वसन्ध्यामा क्वान नेपाल भ्रमणमा आउन लागेका हुन् । चीनको महत्वकांक्षी परियोजना ‘वन बेल्ट वन रोड’ (ओबिओआर), सिल्क रोड र सैनिक सहयोग विस्तारका लागि क्षेत्रीय सुरक्षा रणनीतिक योजनाअनुसार १९ सदस्यीय टोलीको नेतृत्व गर्दै क्वान चैत १० मा काठमाडौं आउनेछन् । नेपाल र चीनका सेनाले गर्ने संयुक्त अभ्यासमा सहभागी नभए पनि क्वानले अभ्यासको तालिकामा हस्ताक्षर गर्ने कार्यक्रम छ । यस्तै, गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा तय भएका...

Read More

यौन सम्बन्धपछिको झगडाले भाउजूद्वारा देवरको हत्या

बागलुङ– बागलुङ नगरपालिका–१३ पैंयुपाटाका रीता नेपालीले आफ्नै देवर २५ वर्षीय विनोद हरिजनको हत्या गरेको खुलेको छ । ‘आत्महत्या’ भनेर ढाकछोप गर्न खोजे पनि नेपालीले सहयोगीमार्फत देवरको हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । घटनाका दोषी २६ वर्षीया नेपाली र ३२ वर्षीय टेकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार राति रीता र टेकबहादुर मिलेर विनोदको घाँटी थिची हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चन्द्र कुवेर खापुङले बताए । यौन सम्बन्ध राख्दै आएका भाउजू र देवरबीचको झगडाले हत्याको रुप लिएको हो । “झगडा बढ्दै गएपछि रीताले टेकबहादुरलाई घरमै बोलाइ दुवै जना मिलेर विनोदको हत्या...

Read More

बाजुरामा चन्दा सङ्कलन गरी सडक निर्माण

बाजुरा– बडिमालिका नगरपालिका–२ मा शिक्षक, कर्मचारी र स्थानीयवासीबाट चन्दा सङ्कलन गरी सडक निर्माण गरिएको छ । नगरपालिका–२ का स्थानीयवासीले रु १२ लाख चन्दा सङ्कलन गरी सडक निर्माण गरेका हुन् । बुढालेखदेखि जाल्पादेवी उमाविसम्मको दुई किलोमिटर सडक निर्माण गरिएको स्थानीय नरबहादुर विकले बताए । बडिमालिका नगरपालिका–२ का स्थानीयले मार्तडी थामलेख सडक निर्माण सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापनपत्र बुझाइएको वडा नागरिक मञ्चका अध्यक्ष सरिता दानीले बताइन् ।साथै जिल्ला प्रशासन कार्यालय बाजुराको मार्तडी थामलेख सडक निर्माण कार्य सञ्चालन गर्नका लागि ज्ञापनपत्र समेत बुझाएका थिए । तत्कालीन जिल्ला विकास समिति बाजुराअन्तर्गत जिल्ला आयोजना(ड्रिलिप) बाजुराले वडा नम्बर २ सडक निर्माण अधुरै...

Read More

राज्यमन्त्री खड्काद्वारा मेलम्चीको प्रगतिबारे रातारात अनुगमन

काठमाडौँ– खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे रातारात अनुगमन गरेका छन्। मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय–२ लाई उपत्यकाभित्र खोपानीको पाइप बिच्छ्याउने काम दिए पनि तीव्र गतिमा काम गर्न नसकेको जनगुनासो आएपछि राज्यमन्त्री खड्का मङ्गलबार राति १० बजेदेखि ११ः३० बजेसम्म अनुगमनमा निस्किएका हुन्। राज्यमन्त्री खड्काले कान्तिपथ, लाजिम्पाट र पानीपोखरीमा भइरहेको मेलम्ची खानेपानीको कामको बारेमा जानकारी लिएको थिए । कान्तिपथको कालोपत्र गर्ने जिम्मा रमन कन्टक्सननलाई दिइएको छ भने पानीपोखरीको पाइप बिच्छ्याउने काम आयोजना आफैँले गरिरहेको छ । मेलम्चीले भत्काएको बाटो समयमा कालोपत्र नहुँदा उपत्यकाको धुलोको मात्रा अत्याधिक बढेको भन्दै उनले चाँडो कालोपत्र गर्र्न निर्देशन दिए । उनले...

Read More