काठमाडौं – संघीय संसद सचिवालयले सभामुखको निर्वाचन माघ १२ गते हुने भएको छ ।


ADVERTISEMENT


ज्येष्ठ सदस्य महन्थ ठाकुरले सो मिति र समय निर्धारण गरेको सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ । संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईद्वारा जारी सूचना अनुसार सभामुख चयनका लागि निर्वाचन माघ १२ गते दिउसो ३ः०० बजे हुनेछ । सभामुखको उम्मेदवारी दर्ताको समय भने भोलि मंगलबार ७ विहान ११ बजेदेखि २ बजेसम्म तोकिएको छ ।


ADVERTISEMENT

# # #


उपसभामुख डा. शिभमाया तुम्बाहाङ्फेले आजै पदबाट राजीनामा दिएसँगै सभामुख चयनको बाटो खेलेको हो । सभामुख र उपसभामुख फरक फरक दलबाट चयन हुनुपर्ने संवैधानिक व्यवस्था रहेको र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आईतबार मात्रै सभामुखका लागि उम्मेदवार चयन गरेकाले तुम्बाहाङ्फेले राजीनामा दिएकी हुन् ।

सम्बन्धित समाचार
– अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय
– उपसमाभुख शिवमाया तुम्बाहाङ्फेद्वारा राजीनामा
– ‘कसैले पनि आफ्ना जराहरु बिर्सिनु हुन्न, धरातल भुल्नु हुन्न’

आईतबार नेकपाको सचिवालय बैठकले अग्नि सापकोटालाई नेकपाका तर्फबाट सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

संसद् सचिवालयका एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १५ गते पदबाट राजीनामा दिएका थिए । हाल उनी पुर्पक्षका लागि थुनामा रहेका छन् ।