काठमाडौँ– उपचारका क्रममा मंगलबार निधन भएका कांग्रेसका नेता तथा पूर्वमन्त्री सुर्यमान गुरुङको अन्त्येष्टि गरिएको छ ।


ADVERTISEMENT


बिहीबार पशुपति आर्यघाटमा गुरुङको अन्त्येष्टि गरिएको हो । त्यसअघि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशुपति आर्यघाट पुगेर गुरुङप्रति श्रद्धान्जली अर्पण गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यसअघि बिभिन्न दलका नेता, सांसद, शुभेच्छुक लगायत आर्यघाट पुगेर गुरुङप्रति श्रद्धान्जली अर्पण गरेका थिए । काठमाडौंको हिमाल अस्पतालमा मंगलबार ८४ वर्षको उमेरमा उनको उपचारका क्रममा निधन भएको थियो । विसं २०७० सालमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका गुरुङ विसं २०७३ मा श्रम तथा रोजगारमन्त्री समेत बनेका थिए ।

यसैबीच नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व मन्त्री सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बिहीबार बसेको आकस्मिक केन्द्रीय कार्य समिति बैठकले गुरुङको निधनले नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको भन्दै शोक प्रस्ताव पारित गरेको हो ।

बैठकले बैशाख २७, २८ र २९ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

त्यस्तै बैशाख २८ गते शुक्रबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय समेत गरेको छ ।