Author: Himalaya Post

सीमा नाकामा जाँच छैन, भारत आवातजावत निर्वाध

जलेश्वर– महोत्तरी जिल्लासँग जोडिएको भारतीय सीमा नाकामा कोरोना सङ्क्रमणको जाँच नहुँदा भारत आवतजावत पनि निर्वाध रूपमा भइरहेको छ । कोरोना महामारीको दोस्रो लहरबाट निकै प्रभावित भएको भारतबाट नेपालतर्फ खुलेआम आवतजावत क्रम जारी नै भइरहेको हो । अहिलेको अवस्थामा भारतबाट आउने जोकोहीलाई पनि सीमामा सञ्चालित हेल्थ डेस्कमा अनिवार्य जाँच गर्नुपर्ने र आवश्यक परे होल्डिङ सेन्टरमा राख्नुपर्ने व्यवस्था रहे पनि कोही कसैलाई कुनै पनि जाँचसम्म नगरेको देखिएको छ । जिल्लाको भिट्ठामोड, मटिहानी, सम्सी, रघुनाथपुर, कट्टीकटैया, बथनाहा, मरुवाही, चौरिया, पर्सापतैली, मसुरपट्टीसहितका नाकामा खुलेआम भारतीय नागरिक नेपाल र नेपाली नागरिक भारततर्फ गइरहँदा पनि कुनै जाँच तथा कोरोनाविरुद्ध सतर्कता अपनाइएको छैन । महोत्तरीमा करीब...

Read More

कोरोना महामारीका कारण गर्भवती तनावमा

­दुर्गा देवकोटा, टीकापुर– जिल्लाकी रमिला चौधरीको यही वैशाख २८ गतेको सुत्केरी हुने मिति अस्पतालले दिएको छ । टीकापुर अस्पतालमा नियमित गर्भ परीक्षण गरिरहेकी रमिला सुत्केरी हुने मिति नजिकिदै गर्दा निकै चिन्तामा छिन् । जागिरे रमिलालाई कार्यालयले कोरोना सङ्क्रमण बढेपछि बिदा मिलाइदिए पनि उनलाई अस्पतालसम्म कसरी जाने ? भन्ने चिन्ताले सताएको छ । ‘आठ महिनामा भिडियो एक्सरे गर्दा डाक्टरले बच्चा उल्टो छ भन्नु भएको थियो । अस्पतालमा कोरोना सङ्क्रमणका धेरै बिरामी छन् । मलाई अस्पताल गए सङ्क्रमित भइन्छ कि भन्ने डर छ’, रमिला भन्छिन्, ‘घरमा सुरक्षित छु, सामान्य हिसाबले बच्चा जन्मिए त हुन्थ्यो तर शल्यक्रिया गर्नुपर्ने हो कि भन्ने डर...

Read More

कोरोनाका कारण आइपीएल २०२१ अनिश्चितकालका लागि निलम्बन

काठमाडौँ – प्रतिष्ठित टी–२० क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपीएल) को १४ औँ संस्करण अनिश्चितकालका लागि स्थगित भएको छ । भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि जारी आइपीएल अनिश्तकालका लागि निलम्बित भएको हो । विभिन्न टिमका केही खेलाडी र अफिसियलहरुमा कोरोना देखिएपछि आईपीएलको आयोजक भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले उक्त फैसला लिएको हो ।कोरोनाकैबीच सुरु भएको आइपीएलका लागि बीसीसीआईले बजबुत ‘बायो–बबल’ को नियम लागू गरेको थियो । जसका कारण २९ वटा खेलहरु सम्पन्न भएका थिए । मुम्बई र चेन्नईमा हुने सबै खेल सम्पन्न भएका थिए । तर, अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने ३० औँ खेल खेल्न सकिएको थिएन । टिम...

Read More

कोरोना कहर : राष्ट्रिय वाणिज्य बैंकका सबै सेवा बन्द

डोटी– राष्ट्रिय वाणिज्य बैंक डोटीले सिलगढी शाखाबाट प्रदान हुँदै आएका आफ्ना सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । बैंकको डोटी शाखाले एक सूचना प्रकाशित गरी जिल्लामा दिदैँ आफ्नो शाखाका सेवा बन्द गरिएको जानकारी गराएको हो । सूचनामा भनिएको छ, ‘बैंकमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीको स्वाब सङ्कलन गरी परीक्षणका लागि जिल्ला अस्पतालको ल्याबमा पठाइएकाले उक्त नतिजा नआउन्जेलसम्मका लागि बैंकिङ सेवा बन्द हुनेछन् ।’ सेवा बन्द गरिएको जानकारी दिइए पनि आफ्ना कुन कुन ठाउँका र कति जनामा कोरोना सङ्क्रमण भयो ? भन्ने विषयमा भने बैंकले खुलाएको छैन । बैंकले आफ्ना सेवा बन्द गरेपछि सेवाग्राहीलाई...

Read More

न्याय परिषद्का सदस्य निरालाको निधन

काठमाडौँ– न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ । पूर्वमहान्यायाधविक्तासमेत रहिसकेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो । कोरोना सङ्क्रमणकै कारण उनको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिएको हो । जनकपुरमा जन्म भई काठमाडौँको गौरीघाट निवासी खड्काको कानून र न्यायका क्षेत्रमा ठूलो योगदान रहेको छ । सोही योगदानकै कारण कानून व्यवसायीका तर्फबाट उनी २०७६ पुसमा न्याय परिषद् भएका थिए।...

Read More