काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले जिल्ला संयोजक र सहसंयोजकको चयन गरेको छ । केन्द्रीय कमिटीले पूर्णता पाएसँगै जिल्लाका संयोजक र सहसंयोजकको चयन गरिएको हो । केन्द्रीय कमिटीको पहिलो बैठकको कार्यादेशअनुसार जिल्ला संयोजक र सहसंयोजकको टुङ्गो लगाइएको अनेरास्ववियुका संयोजक ऐन महरले बताए ।


ADVERTISEMENT


अनेरास्ववियुको जिम्मेवारी पाउने संयोजक र सहसंयोजकमा क्रमशः ताप्लेजुङ डिल्ली न्यौपाने र किरण लिङदेल, इलाम प्रवेश पराजुली र विपिन पोखरेल, सोलुखुम्बु लक्ष्मण खालिङ र अम्वीर काजिङ, ओखलढुङ्गा अशेव श्रेष्ठ र चम्भु फुयाँल, धनकुटा अङ्कित थापा र पदम रखाल मगर, भोजपुर धुव्र राई र नवीन राई, सुनसरी जिवी खड्का र बुद्रोस लिम्बू, मोरङ सन्तोष घिमिरे र टेकेन क्षेत्री, झापा अनिल सुवेदी र दुर्गा धमला, सङ्खुवासभा शुक्र लिम्बू र हेमरान निरौला, तेह्रथुम योगेश भट्टराई र राजेन्द्र दुलाल, खोटाङमा या चाम्लिङ र खेमराज राई, उदयपुर विमल कार्की र सरोज अधिकारी तथा पाँचथर सूर्य वेघा लिम्बू र नरायण सुवेदी चयन भएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै प्रदेश नं २अन्तर्गत सप्तरी ललितनारायण रजक र रञ्जीत मण्डल, सिरहा सुदन कुसियत र भोला यादव, पर्सा रामबाबु यादव र मित्रदेव यादव, रौतहट लोकेन्द्र खडका र राजन पटेल, धनुषा आरपी यादव र शिवचन्द्र झा, महोत्तरी कमलेस यादव र गोविन्द चौरासिया (मनोज), सर्लाही विवेक मैनाली र समिम खान तथा बारामा राजेश्वर कुसवाह र भौयाराम सहनी छन्

वाग्मती प्रदेशमा क्याम्पस जिल्ला नरेन्द्र न्यौपाने र राजेश मैनाली भक्तपुर सुभाष तिमिल्सिना र विराज थापा, काभ्रेपलाञ्चोक उपेन्द्र शर्मा र युवराज लामा, रामेछाप सागरहरि अधिकारी र केशव बस्नेत, सिन्धुली गोकर्ण भुजेल र भानुभक्त श्रेष्ठ, धादिङ भुवन श्रेष्ठ र उपेन्द्र जम्मकट्टेल, नुवाकोट विष्णु दाहाल र विनोद कोइराला, मकवानपुर किसन घिसिङ र आकाश पाख्रिन, चितवन प्रकाश आचार्य र वसन्त आचार्य, काठमाडौँ कृष्ण थापा र राजकुमार लामिछाने, सिन्धुपाल्चोक मिलन लामा र हिरा चौलागाईं, रसुवा अर्जुन पौडेल र सनत देवकोटा, दोलखा रोशन खडका र राजकुमार ढुङ्गेल, ललितपुर अमिर खरेल र प्रदीप शर्मा तथा त्रिवि जिल्ला लोकेन्द्र ऐरी र अमरराज जोशी चयन भएका छन् ।

गण्डकी प्रदेशको कास्कीमा विवेक देवकोटा र वसन्त भट्टचन, म्याग्दी सुभाष विक र रेशम केसी, पर्वत तेजप्रसाद शर्मा र सुभाष पौडेल, लमजुङ रैनिस परियार र पवन ढकाल, मुस्ताङ प्रेमा छेतेन विक र विकेक सुनार, नवलपुर ठाकुर पराजुली र दिनेश केसी, स्याङ्जा ध्रुवराज वाग्ले र रामु सापकोटा, मनाङ रविन गुरुङ र उपेन्द्र गुरुङ, तनहुँ डम्वर विक र रोमाकान्त पोख्रेल, गोर्खा सञ्जीव थापा मगर र सुजन सिम्खडा, बाग्लुङ मिलन काउछा र शेखर खड्का रहेका छन् ।

त्यस्तै प्रदेश नं. ५ को रुपन्देहीमा लेखनाथ खनाल र विष्णु खत्री, कविलवस्तु बाबुराम अर्याल र दयाराम पौडेल, नवलपरासी सुशान्त शर्मा र विशाल गिरी, गुल्मी राजेन्द्र कुवँर र भरत चन्द, प्यूठान जालबहादुर केसी र पुस्कर शर्मा, बर्दिया महेन्द्र पँगेनी र रेशम अधिकारी, पाल्पा पदम सोमै र हिरामणि पराजुली, अर्घाखाँची लक्ष्मण खड्का र नवीन खत्री, रोल्पा भीम सुनार र प्रकाश बुढा, पूर्वीरुकुम सेवन खड्का र कल्याण पुन, बाँके सुरेन्द्रजङ्ग शाह र टेकेन्द्र मल्ल तथा दाङमा जङ्ग रोका र सर्जन परियार चयन भएका छन् ।

कर्णाली प्रदेशको सुर्खेतमा धुपेन्द्र शाही र जगत ढकाल, जाजरकोट प्रदीप खड्का र कृष्णबहादुर सिंह, हुम्ला गणेश भण्डारी र पारस धामी, डोल्पा सुशील बोहरा र मानव रोकाय, मुगु गणेश सेजुवाल र पेमा लामा, दैलेख अर्जुनकुमार बुढा र हेमन्ती दशौदी, सल्यान चेतन गिरी र रामबहादुर केसी, कालीकोट मानसिंह शाही र सन्तोष महतरा, जुम्ला मीनराज आचार्य र भरत नेपाली तथा पश्चिम रुकुममा सुशील विष्ट र हुकुम विसी चयन भए ।

यस्तै सुदूर पश्चिम प्रदेशको बाजुरामा राजीव रोकाय र पारस बुढा, डोटी डबल बोहरा र गणेश बम, कैलाली कुमार बडेला र समीर जोशी, बझाङ पवीन्द्र धामी र देवजङ्गबहादुर सिंह, दार्चुला आनसिङ बडाल र राजेन्द्र डाँगी, अछाम धु्रव रावल र निरक शाही, कञ्चनपुर वीरेन्द्रराज विष्ट र ओम बस्नेत, डडेल्धुरा सन्तोष भट्ट र पुष्कर देउवा तथा बैतडीमा गोविन्दबहादुर माल र सन्तोष राना चयन भएका छन् ।