Author: Himalaya Post

दुई दिनदेखि सिमकोट बजार अन्धकारमय

काठमाडौँ – विद्युत्गृहको यन्त्रमा खराबी आएपछि आइतबारदेखि हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका गाउँ अन्धकारमय बनेका छन् । जिल्ला सदरमुकाम सिमकोटलगायत खार्र्पुनाथ र सिमकोट गाउँपालिकामा विद्युत आपूर्ति गर्दै आएको ५०० किलोवाट क्षमताको हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युत् बन्द भएको हो । यसले गर्दा दुई गाउँपालिकाका करीब १८ घरधुरीका सेवाग्राही प्रत्यक्ष मर्कामा परेका छन् । आयोजनाको विद्युत्गृहमा रहेका दुई यन्त्रमा खराबी आएपछि विद्युत् उत्पादन नहुँदा सिमकोटलगायत गाउँ अन्धकार भएको हिल्दुम साना जलविद्युत् आयोजनाको वितरण केन्द्र सिमकोटले जनाएको छ । सिमकोटमा विद्युत् अवरुद्ध भएपछि असार मसान्तमा विकासे बजेट भुक्तानी गरिरहेका जिल्लाका सरकारी कार्यालयलाई काम गर्न समस्या भएको छ ।अनलाइनमार्फत भुक्तानीको व्यवस्था भएकाले बत्ती...

Read More

पहिरो पीडित जनताको मल्हम बनेर युवासंघ पुगेपछि..

काठमाडौं । अविरल वर्षका कारण आएको बाढी र पहिरोले सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं.८ स्थित जम्बु बजारमा ठुलो जनधनको क्षति भएको छ। क्षतिग्रस्त स्थानमा पुरिएका व्यक्तिहरु मध्ये २ जनाको शव फेला परेको छ। १८ जना वेपत्ता छन् भने झण्डै ७ घर परिवार घरवारविहीन भएका छन् । उक्त स्थानमा ज्यान गुमाएका ,बेपत्ता भएका र घरवारविहीन भएका परिवारका सदस्यहरुको दुस्खको घाउमा मल्हम लगाउने प्रयास स्वरुप मानवीय सेवाका साथ राहात सामाग्री उपलब्ध गराउन राष्ट्रिय युवा संघ,नेपालका नेता  किरण पौडेल नेतृत्वको टोली घटनास्थल पुगेको थियो । जिम्मेवार नागरिकको दायित्व पूरा गर्न सम्माननीय प्रधानमन्त्रीले गर्नुभएको आव्हान र (नेकपा)ले आफ्ना कार्यकर्तालाई गरेको निर्देशन पुर्ण...

Read More

पछिल्लो २४ घण्टामा विश्वमा २ लाख १५ हजार कोरोना संक्रमित थपिए

काठमाडौं –  विश्वमा सोमबार २ लाख १५ हजार ५३९ कोरोना संक्रमित थपिएका छन् । यो आइतबारको तुलनामा केही कम हो । आइतबार एकै दिन सबैभन्दा धेरै २ लाख ३० हाजर संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा एक करोड २७ लाख ६८ हजार ३०७ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोनाले ५ लाख ६६ हजार ६५४ जनाको मृत्यु भइसकेको छ । विश्वका २१६ देशमा कोरोना संक्रमण फैलिसकेको छ...

Read More

बूढीगण्डकी डुबानपीडितलाई ३१ अर्ब मुआब्जा

गोरखा — बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रअन्तर्गत गोरखा र धादिङका डुबानपीडितलाई अहिलेसम्म ३१ अर्ब ९३ करोड मुआब्जा वितरण गरिएको छ । आर्थिक वर्ष ०७३/०७४ बाट मुआब्जा वितरण सुरु गरिएको हो । गोरखा र धादिङका १५ हजार ५ सय ९० जग्गाधनीलाई मुआब्जा वितरणपछि ४७३२५.७४ रोपनी जग्गा आयोजनाको स्वामित्वमा आएको छ । गोरखातर्फ २३ हजार ५ सय ७५ रोपनी र धादिङतर्फ २३ हजार ७ सय ५० रोपनी क्षेत्रफलको मुआब्जा वितरण भइसकेको बूढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाइ प्रमुख कृष्ण कार्कीले बताए । चालु आर्थिक वर्षमा मात्र ५ अर्ब ४३ करोड मुआब्जा वितरण भएको छ । २ जिल्लाका २ हजार ४ सय ७९...

Read More

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक

एजेन्सी- रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । ३६ औँ चरणको खेलमा गएराती ग्रानाडालाई २–१ ले हराउँदै रियलले दोस्रो स्थानको बार्सिलोनालाई ४ अंकले पछि पारेको हो । रियललाई ला लिगाको उपाधिका लागि २ अंक आवश्यक छ । ग्रानाडाको मैदानमा रियललाई जिताउन फेरल्याण्ड मेन्दी र करिम बेन्जीमाले गोल गरे । ग्रानाडाका डर्बिन म्याकहिसले गोल फर्काए । १० औँ मिनेटमा मेन्दीको गोलमा अग्रता बनाएको रियलका लागि १६ औँ मिनेटमा बेन्जीमाले अर्को गोल गरेका थिए । ३६ खेलबाट रियलको ८३ अंक भएको छ । समान खेलबाट बार्सालोनाको ७९ अंक छ । हारका बाबजुत ग्रानाडा ५० अंकमा तालिकाको १०...

Read More