काठमाडौँ – नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागिताका विषयमा पार्टीले अन्य कुनै निर्णय नगरेको स्पष्ट पारेको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको समाजवादीको सचिवालय बैठकले पार्टी निरन्तर सरकारमा रहेकाले बाहिर आएका हल्लाहरु निराधार भएको भन्दै सरकारमा सहभागीताका विषयमा पार्टीले अन्य कुनै निर्णय नगरेको स्पष्ट पारेको हो । बैठकले विकसित भएका राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक लिँदै जिम्मेवारीपूर्वक आफ्ना कदमलाई अघि बढाउने निष्कर्ष निकालेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकले सरकारको नीति तथा कार्यक्रमका साथै बजेटको निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय दललाई निर्देशन समेत दिएको प्रवक्ता खतिवडाले जानकारी दिए । बैठकमा पार्टीका विषयमा चलेका चर्चाहरुका बारेमा छलफल भएको भन्दै उनले सबै पार्टी पङ्ती एकढिक्का रहेको र कुनै समस्या छैन भन्नेमा प्रष्ट रहेको उनले बताए ।

बैठकले महाधिवेशन तयारीका लागि आवश्यक जोडिएका कामहरु प्रभावकारी ढंगले पूरा गर्नका लागि पार्टीका सबै कमिटीहरुलाई निर्देशन समेत दिएको छ ।