एजेन्सी- रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । ३६ औँ चरणको खेलमा गएराती ग्रानाडालाई २–१ ले हराउँदै रियलले दोस्रो स्थानको बार्सिलोनालाई ४ अंकले पछि पारेको हो ।

रियललाई ला लिगाको उपाधिका लागि २ अंक आवश्यक छ । ग्रानाडाको मैदानमा रियललाई जिताउन फेरल्याण्ड मेन्दी र करिम बेन्जीमाले गोल गरे । ग्रानाडाका डर्बिन म्याकहिसले गोल फर्काए । १० औँ मिनेटमा मेन्दीको गोलमा अग्रता बनाएको रियलका लागि १६ औँ मिनेटमा बेन्जीमाले अर्को गोल गरेका थिए ।


ADVERTISEMENT


३६ खेलबाट रियलको ८३ अंक भएको छ । समान खेलबाट बार्सालोनाको ७९ अंक छ । हारका बाबजुत ग्रानाडा ५० अंकमा तालिकाको १० औँ स्थानमा कायम छ ।


ADVERTISEMENT

# # #


गएराती नै रियल सोसिडाडले भियारियललाई २–१ ले नै हरायो । जितपछि सोसिडाडको ५४ अंक भएको छ । छैठौँ स्थानको गेटाफेसँग समान अंक भएपनि सोसिडाड हेड टु हेडमा पछि पर्दै सातौँ स्थानमा छ । गेटाफे र डिर्पोटिभो अलाभेषले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।