Author: Himalaya Post

सुनिलबहादुर थापा राप्रपा छाडेर कांग्रेसमा प्रवेश

काठमाडौँ – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका सुनिल बहादुर थापा कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले थापालाई स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरेका हुन् । कार्यक्रममा कांग्रेस उपसभापति विजय कुमार गच्छदार, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरु उपस्थित थिए । गत शनिबार मात्रै राप्रपा परित्याग गरेका थापा राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री सूयबहादुर थापाका छोरा हुन्...

Read More

अदुवाको भाउ स्थिर, किसान हर्षित

इलाम – वर्षेनी घटबढ भइरहने अदुवाको भाउ यस वर्ष गत वर्षकै तुलनामा आएपछि किसान हर्षित भएका छन् । एउटै अनुपातमा भाउ आएपछि किसान आशावादी भएका हुन् । धेरै किसानले अदुवाबाट अपेक्षाकृत आम्दानी लिन सकेका थिएनन् । तर गत वर्ष र यस वर्ष भने उस्तै मूल्य आएपछि किसान अदुवा बेच्न इच्छुक रहेका छन् । वर्षेनी मूल्यमा उतारचढाव भइरहन्छ । गत वर्षदेखि एकै किसिमको भाऊ आउँदा यस वर्ष अदुवाबाट सोचेजस्तै आम्दानी लिने इलाम बरबोटेका किसान चन्द्र घिमिरे जानकारी दिए । सबै त खनिसकेको छैन, तर बीउ अदुवा हो यति नै त भन्न सकिन्न”, उनले भने, “तर जति फले पनि अदुवाको मूल्य...

Read More

काँग्रेस वरिष्ठ नेता पौडेलसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले शिष्टाचार भेटवार्ता गरेकी छन् । वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा आज उनीहरुबीच नेपाल र चीनबीचको औपचारिक सम्बन्ध स्थापना भएको ६५औँं वर्ष गाँठको अवसरमा भेट भएको नेता पौडेलको निजी सचिवालयले जनाएको छ । सो अवसरमा उनीहरुबीच बिपी कोइराला र माओत्सेतुङका पालादेखिको काँग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीको बीचको सम्बन्ध तथा चीन सरकारले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोभिड–१९ नियन्त्रणका लागि सहयोग गर्ने बारेमा छलफल भएको थियो...

Read More

कोरोनाबाट बझाङका एक पुरुषको मृत्यु, ४९ पुग्यो मृतक संख्या

काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको बुंगल गाउँपालिका वडा नं. ३ स्थायी ठेगाना भएका ६५ वर्षीएय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती पुरुषको साउन ९ गते घरमै मृत्यु भएको हो । दम रोगका बिरामी ती मृतक पुरुष भारतको बैँगलोरबाट गत असार २४ गते बझाङ पुगेका थिए । यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या १९ हजार ६३ रहेको छ । आज मात्रै ३११ जना नयाँ...

Read More

काठमाडौँ उपत्यकाका थप ५३ जनामा कोरोना संक्रमण

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५३ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका १ जना र काठमाडौँका ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ९ जना, ललितपुरका १ जनामा कोरोना पाइएको छ । यस्तै पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका १ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौँका १ जनामा पोजेटिभ देखिएप्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । यस्तै नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा काठमाडौँका २१ जनामा कोरोना पाइएको छ...

Read More