Author: Himalaya Post

९३ वर्षमा नागरिकता !

भोजपुर – भोजपुरको अरुण गाउँपालिकाका एक वृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । शारीरिकरुपमा समेत अशक्त रहेका स्थानीय लाटा सार्कीलाई जिल्ला प्रशासन कार्यालयले उनी रहेको स्थान अरुण गाउँपालिकाको प्याउली पुगेर नागरिकता वितरण गरेको हो । स्थानीय जनप्रतिनिधि तथा मानव अधिकारीकर्मीले नागरिकता दिलाउनका लागि पहल थालेका थिए । सांसद सुदन किराँतीको निर्देशनपश्चात् केही महिनाअघि नै सार्कीलाई नागरिकता वितरण गरेर राज्यबाट पाउने सेवा सुविधाका लागि पहल गर्ने तयारी गरिएको भए पनि लकडाउनले ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए। सार्कीलाई नागरिकता वितरणका लागि सांसद किराती पनि बुधबार प्याउली पुगेका थिए । हेरचाह गर्ने अन्य कोही नभएकाले...

Read More

नेप्सेमा नकारात्मक सर्किट

काठमाडौँ – कूल छ प्रतिशत बढीले ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबार स्थगित गरेको छ । मंगलबार र बुधबार लगातार छ प्रतिशत बढीले नेप्से परिसूचक उकालो लागेपछि आजका लागि कारोवार स्थगन गरेको हो । स्टकका अनुसार आज नेप्से ८०.४१ बिन्दु अर्थात ६.०२ प्रतिशतले ओरालो लागेर एक हजार २५६.११ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १७.९९ बिन्दु अर्थात ६.२७ प्रतिशतले ओरालो लागेको छ । कूल १४२ कम्पनीको कूल १० लाख ६१ हजार ८९० कित्ता शेयर रु ४७ करोड ६६ लाख ५४ हजार ९७१ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल ११ उपसमूह मध्ये आज सामूहिक लगानी...

Read More

यूएनको शान्ति मिसनमा उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौँ – राष्ट्रिय ध्वजा वाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन मुलुकमा चार्टर्ड उडान गर्ने भएको छ । नेपाली सैनिकलाई संयुक्त राष्ट्रसङ्घ (यूएन)को शान्ति मिसनमा लैजान नेपाल एयरलाइन्सको चार्टर्ड उडान सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा गर्ने भएको निगमको अपरेशन विभाग प्रमुख दीपु ज्जहार्चनलले जानकारी दिए । निगमको बजार विविधीकरणको योजनाअनुरुप संयुक्त राष्ट्रसङ्घको सेन्ट्रल अफ्रिकन रिपब्लिकन र मलिको मिनुसामा नेपाली सेनालाई लैजाने सम्बन्धमा आज निगम र नेपाली सेनाका उच्च अधिकारीबीच सम्झौता भएको हो । सम्झौतानुसार मिसनका लागि खटिने नेपाली सेनालाई आगामी आसार २४ गते अर्थात जुलाई ८ तारिखमा वाइड बडी जहाजमार्फत अफ्रिकन रिपब्लिक...

Read More

संसद् अधिवेशन अन्त्य हुनुअघि के-के भयो राष्ट्रियसभामा ?

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले आज अपराह्न ५ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेकी हुन् । राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति भण्डारीबाट प्राप्त चालु संसद्को अधिवेशनको अन्त्यसम्बन्धी पत्र पढेर सुनाएका थिए । अध्यक्ष तिमिल्सिनाले पत्रमा उल्लेख भएअनुसार नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को आजको सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन आज अपराह्न ५ बजेदेखि अन्त्य भएको सभासमक्ष जानकारी गराएका थिए । संसद्को छैटौँ अधिवेशन अवधिमा राष्ट्रियसभाबाट सम्पादन गरिएका मुख्यमुख्य काम कारवाहीको बारेमा सङ्क्षिप्त विवरण सभासमक्ष जानकारी गराउँदै अध्यक्ष तिमिल्सिनाले २०७७...

Read More

४९ दिनका एक शिशुको कोरोनाबाट मृत्यु, ३१ पुग्यो मृतक संख्या

काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । म्याग्दीको धौलागिरी नगरपालिका वडा नं. ४ का ४९ दिनका एक शिशुको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती शिशुको असार १७ गते साँझ ४ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ । ती शिशुलाई गत असार ९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनलाई लामो समयदेखि समस्या भएकाले आइसीयूमा राखेर भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको थियो । पहिला चरणको डायलासिस समेत गरिएका ती शिशुको निधन भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले...

Read More