Author: Himalaya Post

एक अर्बको खानेपानी आयोजना स्वीकृत

बाग्मति– मण्डनदेउपुर नगरपालिकामा रु. एक अर्बको खानेपानी आयोजना स्वीकृत भएको छ । नगरको १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौ वटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु. ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु. एक अर्बको आयोजना स्वीकृत गरिएको हो । यसका लागि स्थानीयवासीसँग उपभोक्ता समितिले प्रतिउपभोक्ता रु एक हजार व्यहोर्नुपर्ने नीति बनाएको छ । नगरसँग खानेपानी आयोजनाका लागि एक प्रतिशत करिब रु. एक करोड लगानी गर्ने सम्झौता गरिएको उपभोक्ता समिति अध्यक्ष रामबहादुर तामाङले जानकारी दिए । तामाङका अनुसार, खानेपानी...

Read More

दलित छात्रवृत्तिका लागि निवेदन पेश भएनन्

सिमकोट– कर्णाली प्रदेशअन्तर्गत रहेको सामाजिक विकास कार्यालय सिमकोटले प्रकाशन गरेको छात्रवृत्तिमा पर्याप्त निवेदन पेश नभएको पाइएको छ । कार्यालयले २०७७ साल फागुन २९ गते प्रकाशन गरेको दलित छात्रवृत्ति र उच्च शिक्षा तथा अपाङ्ग छात्रवृत्तिमा कसैले पनि आवेदन पेश नगरेको जानकारी निमित्त सामाजिक विकास अधिकृत रेशमबहादुर खत्रीले दिएका हुन् । दलित समुदायको मानव अधिकारको सम्मान तथा हक, हितको संरक्षण र संवर्धन तथा सो समुदायको सशक्तीकरणका लागि सरकारले दलित समुदायका बालबालिकालाई छात्रवृत्ति दिने कार्यक्रम ल्याए पनि कसैको निवेदन पेश नभएका कारण पुनः १५ दिनको म्याद थप गरी आवेदन दिन सकिनेसम्बन्धी सूचना प्रकाशन गरिएको अधिकृत खत्रीले बताए । कार्यालयले हरेक क्षेत्रमा पछाडि...

Read More

नगरपालिकाले बनायो खुला व्यायामशाला

झापा– कनकाई नगरपालिकाले आफ्नै लगानीमा खुला व्यायामशाला निर्माण गरेको छ । बिहान ‘मर्निङ वाक’ गर्ने नगरवासीका लागि खुला व्यायामशालाले सो सुविधा थप गरेको हो । ‘स्वस्थ जीवन प्रवर्धन’ कार्यक्रमअन्तर्गत कनकाई ३ को सुरुङ्गा बजार नजिक पश्चिम बसस्टेण्डमा नगरपालिकाले सो व्यायामशाला निर्माण गरेको हो । व्यायामशालामा कुनै शुल्क तिर्नु पर्दैन । कनकाई सामुदायिक वनको चार कठ्ठा जग्गामा बाल उद्यान र खुला व्यायामशाला सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताए । सो निर्माणमा नगरपालिकाको रु. ४५ लाख र प्रदेश नं १ को सरकारको रु. १२ लाख गरी कूल रु. ५७ लाख खर्च भएको छ । व्यायामशालाका सामान सुरक्षित बनाउन कम्पाउड वालले...

Read More

पोखरामा साइन रेसुङ्गाको शाखा विस्तार

पोखरा – साइन रेसुङ्गा बैंकले आफ्नो ७७ औँ शाखा विस्तार गरेको छ । कास्कीमा पहिलो शाखाका रुपमा बैंकले पोखराको न्यूरोडमा शाखा सञ्चालनमा ल्याएको हो । मंगलवार बैंकका निर्देशक ईश्वरीप्रसाद भट्टराईले शाखा उद्घाटन गरे । शाखा उद्घाटन गर्दै निर्देशक भट्टराईले आगामी दिनमा विकास बैंकहरुले प्रविधिमा जोड दिएर अगाडि बढ्नुपर्ने बताए । ‘गण्डकी प्रदेशमा सञ्चालित बैंक तथा वित्तीय संस्थामा निक्षेपको वृद्धिदर ४० प्रतिशत रहेकोमा कर्जा प्रवाह २० प्रतिशत मात्र छ,’ उनले भने । उनले पर्यटन र ऊर्जामा धेरै सम्भावनाहरू भएकाले यी क्षेत्रमा लगानी गरी कर्जा प्रवाह बढाउन सकिने बताए । बैंकले गुल्मी, अर्घाखाँची, दाङ, प्युठान लगायतका जिल्लामा बैंक तथा वित्तीय क्षेत्रमा...

Read More

हात्तीको आक्रमणबाट दुई घाइते

झापा– जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका २ मा आज बिहान दुई जना घाइते भएका छन् । इलाम देउमाई नगरपालिका १० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका १ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली हात्तीको आक्रणबाट घाइते भएका हुन् । उनीहरूमध्ये खातीको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल र डोलीको लिभिङ होम पोलिक्लिनिक बुधबारेमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, दुईमध्ये खाती गम्भीर घाइते छन् । उनको हात र छातीमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा छन् भने डोली सामान्य घाइते छन् । उनीहरू दुवै श्रमिक हुन् । आज बिहान ७ः०० बजे गाउँमा पसेको हात्ती धपाउने क्रममा उनीहरू...

Read More