Author: Himalaya Post

औद्योगिक राहत कोष स्थापना

चितवन– उद्योग सङ्घ चितवनले औद्योगिक राहत कोष स्थापना गरेको छ । उद्योगमा विपत् आइपर्दा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको हो । सङ्घका अध्यक्ष राजु पौडेलले आफूले रु एक लाख राखेर कोषको शुभारम्भ गरेको बताएका हुन् । उनले कोषमा रकम जम्मा गरेअनुसार विपत् पर्दा छ महीनासम्म बिनाव्याज सहयोग गरिने जनाएका छन् । कोषमा जम्मा गरेको रकमको रु १०० गुणा गर्दा आउने रकम बराबरको सहयोग छ महीनाका लागि गरिनेछ । यस्तो सहयोग अधिकतम रु. ५० लाखसम्म मात्रै उपलब्ध गराइने उनले जानकारी दिए। भूकम्प, आगलागी, बाढीपहिरो जस्तो विपत्ले उद्योग पूर्णरुपमा क्षति भई पुनःसञ्चालन गर्न सहयोग उपलब्ध गराइने छ । सङ्घका वरिष्ठ...

Read More

बेरोजगार पहिचान गर्दै खोटेहाङ र जन्तेढुङ्गा

खोटाङ– खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि बेरोजगार व्यक्तिको सूचीकरण गर्ने काम शुरु गरेको छ ।स्थानीय तह मातहत रहेको रोजगार सेवा केन्द्रको समन्वयमा योगदान गरिने १०० दिन बराबरको न्यूनतम रोजगारीमा आबद्ध भएर सार्वजनिक विकास निर्माणमा सहभागी हुन इच्छुक बेरोजगार व्यक्तिको सूचीकरण शुरु गरिएको हो । गाउँपालिकाले रोजगारीको हकसम्बन्धी ऐन २०७५ तथा सोको नियमावली र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशनबमोजिम आर्थिक वर्ष २०७८/०७९ का लागि यहि फागुनभित्र बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन र लाभग्राही परिचयपत्र लिन इच्छुक व्यक्तिलाई आग्रह गरेको छ । आफ्नो स्थायी बसोबास रहेको सम्बन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत भएर लाभग्राही परिचयपत्र लिन...

Read More

पोखरामा मुआथाइको राष्ट्रिय प्रतियोगिता र सेमिनार हुने

पोखरा– आगामी चैत अन्तिम साता पोखरामा पहिलो पटक मुआथाइ राष्ट्रिय च्याम्पियनसीप र अन्तरराष्ट्रिय सेमिनार हुने भएको छ । नेपाल मुआथाइ सङ्घ गण्डकी प्रदेश र कास्की शाखाको आयोजनामा आगामी चैत २४ देखि ३१ गतेसम्म पोखरा रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने सङ्घले आज आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मुआथाइ खेलका माध्यमबाट युवालाई खेलकूदतर्फ आकर्षित गर्ने तथा क्षमतावान् खेलाडी उत्पादनको लक्ष्यसहित प्रतियोगिता र सेमिनार आयोजना गरिने नेपाल मुआथाइ सङ्घका केन्द्रीय महासचिव सुदीप पण्डितले जानकारी दिए । सेमिनारमा अन्तरराष्ट्रिय मुआथाइ महासङ्घका प्रतिनिधि एवं प्रशिक्षकबाट नेपालका मुआथाइ खेलाडी तथा अफिसियललाई प्रशिक्षण एवं रेफ्री कोर्षबारे प्रशिक्षण दिईनेछ। प्रशिक्षणका लागि थाईल्याण्डबाट मुआथाइका अन्तरराष्ट्रिय निर्णायक...

Read More

प्रेरणादायी १० नेपाली नारी शक्तिहरु

महिलाहरु आधा आकाश हुन् भनिन्छ । तर यथार्थमा सृष्टि चलाउने पूर्ण हिस्सा बोक्ने देवीहरु हुन् महिला । आमा, छोरी, श्रीमती, बुहारी जस्ता भूमिका निभाउने महिलाहरु प्रेरणादायी नारी शक्तिका स्वरुप समेत हुन् । माया, प्रेम, करुणाका खानी, घर व्यवहार सञ्चालनका कुशल व्यवस्थापक, शिक्षा संस्कार र शिपका मुहान, सामाजिक व्यवस्थाका आधारस्तम्भ, न्यायकी प्रतिमूर्ती तथा व्यवशायिक लगनशीलता र ईमान्दारिताकी उदाहरण हुन् महिला । जसरी प्रकृति आफैंमा सिकाई र चेतनाको सम्पूर्ण श्रोत हो त्यसरी नै महिलाहरु ब्रम्हाण्डका सुन्दर अस्तित्व हुन् । माता पार्वतीको ईच्छामा भगवान शिवले रचना गरेको देश हो नेपाल भन्ने मान्यता छ । हिमाल, पहाड र तराईको भूगोल सहितको यो देश...

Read More

प्रदेशसभा हलको ६० प्रतिशत काम सम्पन्न

विराटनगर– प्रदेश नं १ विराटनगरको प्रदेशसभा भवन तोकिएको समयमा केही ढिला भए पनि बजेट अधिवेशन शुरु हुनुभन्दा अगावै निर्माण सम्पन्न हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, सभाहलको निर्माण करीब ६० प्रतिशत सम्पन्न भइसकेको हो । सातौँ तथा हिउँदे अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने गरी तयार गर्न स्वामीनारायण निर्माण सेवा प्रालि धरानले रु. दुई करोड ५१ लाख ८१ हजार ९७६ मा ठेक्कामा लिएको भवन २०७७ साल असोज १ गते सभामुख प्रदीपकुमार भण्डारीले शिलान्यास गरेका थिए । निर्माण कम्पनीले आगामी फागुन मसान्तभित्रमा निर्माण कार्य सम्पन्न गर्ने भनिए पनि भवनको नक्सा र स्वरुपमा भएको परिवर्तनले केही ढिलाइ भएको बताइएको छ । नयाँ सभाहल करीब ३०० मानिस अट्ने छ । सभामुख भण्डारीले विगतमा अनेक बाधा अड्चनका बाबजुद पनि साविक जिल्ला विकास समति मोरङको सभा हलमा सञ्चालन भएको प्रदेशसभा अब नयाँ भवनमा सहज एवं सरल हुने बताए । उनले यो भवन समयमै निर्माण गर्न र गुणस्तरमा विशेष ध्यान दिन निर्माण कम्पनीलाई बारम्बार ताकेता पनि गरिरहेको उल्लेख गरेका छन् । अन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्माण गर्न लागेको यो पहिलो संरचना रहेको जनाएका छन् । मन्त्री कार्कीले नीति निर्माण गर्ने सार्वभौम थलोका रुपमा रहेको प्रदेशसभाको हल निर्माण भएपछि सभा सञ्चालन गर्न सहज हुने बताए । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले भवनको शुरुआती नक्सा र स्वरुपमा केही परिवर्तन गरिएकाले निर्माण लागत बढ्ने जानकारी दिए । उनले भवन निर्माण सम्पन्न गर्न थप रु एक करोड २५ लाख बजेट अपुग भएको देखिएको छ...

Read More