Author: Himalaya Post

सहयोगी बिना नै पदयात्रा गर्ने क्रम बढ्दो

पोखरा– पदयात्राका लागि आउने विदेशी पदयात्री नेपाली सहयोगी बिना नै पदयात्रामा जाँदा समस्या बढ्दै गएको छ । पर्यटकीय नगरी पोखरा आउने अधिकांश विदेशी पर्यटक यहाँ हुने प्याराग्लाइडिङ, अल्ट्रालाइट उडानका साथै जिपफ्लाई र अन्नपूर्ण सर्किट एवम् मर्दी हिमालमा पदयात्राका लागि जाने गरेका छन् । पदयात्रामा जाँदा नेपाली सहयोगी लिएर जानुपर्ने भएपनि बिना सहयोगी जाने क्रमले दुर्घटनामा पर्ने, हराउनेजस्ता समस्या बढ्दै गएको नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) पश्चिमाञ्चलका अध्यक्ष दीपक अधिकारीले बताए। “हालै लाङटाङमा ताइवानी नागरिक हराएका छन्, यसअघि इजरायली, अफ्रिकन नागरिक पनि हराएका थिए,” उनले भने, “पदमार्ग क्षेत्रमा हराउने तथा दुर्घटनामा पर्ने पदयात्री लगभग ९९ प्रतिशत बिना सहयोगी जाने पर्यटक...

Read More

परीक्षा केन्द्रमै १६ वर्षीया आमाबाट बच्चा जन्मियो

जाजरकोट– दीपेन्द्र मावि सक्लाबाट बुधबार माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेकी एक छात्राले छोराको जन्म दिएकी छिन् । सदरमुकामबाट दुईदिन पैदल दुरीको बारेकोट गाउँपालिकास्थित लिम्साको परीक्षा केन्द्रमा परीक्षा दिइरहेकी अन्दाजी १६ बर्षीया निरुता सिंहले छोराको जन्म दिएको वीरेन्द्र ऐश्वर्य उच्च मावि लिम्साका प्राचार्य गोरखबहादुर सिंहले जानकारी दिए । बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको लिम्सा स्वास्थ्य कार्यालयले बताएको छ...

Read More

भोजपुरका असी प्रतिशतलाई खुवाइयो हात्तीपाइलेकोे औषधि

भोजपुर– भोजपुरमा ८० प्रतिशत सर्वसाधारणलाई हात्तीपाइलेको औषधि खुवाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यही चैत ५, ६ र ७ गते भोजपुर जिल्लाभरका ८० प्रतिशत सर्वसाधारणलाई औषधि खुवाइएको हो । औषधि एकलाख ५० हजार चारसय ९५ जनालाई खुवाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन विनोद मिश्रले जानकारी दिए । दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा औषधि खुवाउनका लागि दुई सय ३५ स्वास्थ्यकर्मी र एक हजार एकसय तीन महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए। भोजपुरमा कुल जनसङ्ख्याको सात प्रतिशत जनसङ्ख्यामा हात्तीपाइले रोगको सङ्क्रमण रहेको जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ...

Read More

विरोधका कारण गाउँपालिकाको काम सुरु भएन

सोलुखुम्बु– स्थानीय निकायको पुनर्संरचना गर्दा साबिकको तिंला गाविसवासीको भावना विपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै साबिकको तिंलावासीले विरोध गर्दा सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको कार्य सञ्चालन अझै सुरु हुन सकेको छैन । तिंला गाविसलाई साबिकको दूधकुण्ड नगरपालिकामा समेटनुपर्ने वा स्वायत्त गाउँपालिका घोषणा गर्नुपर्ने माग गर्दै आएका तिंलावासीले स्थानीय निकाय कार्यान्वयनमा आउँदा तिंलालाई नेचासल्यान गाउँपालिकामा समेटेको भन्दै विरोध गरेका हुन् । गत आइतबार नेचासल्यान गाउँपालिकाको कार्यालय उद्घाटन तथा कार्य सुरु गर्न सदरमुकामबाट त्यसतर्फ गएको कर्मचारीको टोलीलाई तिंलावासीले बाटोबाटै नियन्त्रणमा लिई सदरमुकाम नै फिर्ता गरेपछि अहिले नेचसल्यान गाउँपालिकाको सबै काम ठप्प छ । तिंला गाविसवासीले सङ्घर्ष समिति गठन गर्दै साबिकको तिंला गाविसको भवनमा...

Read More

राप्रपाले स्थानीय तहको चुनाव प्रचारका लागि अनुशिक्षण कार्यक्रम गर्ने

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावको प्रचार तथा अनुशिक्षण कार्यक्रम केन्द्रीय नेतृत्वले सञ्चालन गर्ने भएको छ । पार्टीले सोही प्रयोजनका लागि अहिलेसम्म करिब ५० जिल्लामा केन्द्रीय नेतृत्वलाई खटाइसकेको छ । पार्टीले बाँकी २५ जिल्लामा बिहीबारसम्म केन्द्रीय टोली खटाइसक्ने र निर्धारित बैठक समापन गर्ने योजना तयार गरेको पार्टीले जनाएको छ । नेता राजाराम श्रेष्ठका अनुसार आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावलाई मध्यनजर गरेर पार्टीले देशका ७५ वटै जिल्लामा बिहीबारसम्म (यही चैत १० गतेभित्र) जिल्ला कार्यसमितिको विस्तारित बैठक सम्पन्न गर्न निर्देशन दिएको छ । नयाँ संविधान जारी भएपछि सो अनुसार पार्टीको स्थानीय तहका सबै एकाई व्यवस्थित गर्ने...

Read More