झापा– जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका २ मा आज बिहान दुई जना घाइते भएका छन् ।


ADVERTISEMENT


इलाम देउमाई नगरपालिका १० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका १ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली हात्तीको आक्रणबाट घाइते भएका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरूमध्ये खातीको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल र डोलीको लिभिङ होम पोलिक्लिनिक बुधबारेमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, दुईमध्ये खाती गम्भीर घाइते छन् । उनको हात र छातीमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा छन् भने डोली सामान्य घाइते छन् । उनीहरू दुवै श्रमिक हुन् ।

आज बिहान ७ः०० बजे गाउँमा पसेको हात्ती धपाउने क्रममा उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए। रासस