पोखरा – साइन रेसुङ्गा बैंकले आफ्नो ७७ औँ शाखा विस्तार गरेको छ । कास्कीमा पहिलो शाखाका रुपमा बैंकले पोखराको न्यूरोडमा शाखा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


मंगलवार बैंकका निर्देशक ईश्वरीप्रसाद भट्टराईले शाखा उद्घाटन गरे ।


ADVERTISEMENT

# # #


शाखा उद्घाटन गर्दै निर्देशक भट्टराईले आगामी दिनमा विकास बैंकहरुले प्रविधिमा जोड दिएर अगाडि बढ्नुपर्ने बताए ।

‘गण्डकी प्रदेशमा सञ्चालित बैंक तथा वित्तीय संस्थामा निक्षेपको वृद्धिदर ४० प्रतिशत रहेकोमा कर्जा प्रवाह २० प्रतिशत मात्र छ,’ उनले भने ।

उनले पर्यटन र ऊर्जामा धेरै सम्भावनाहरू भएकाले यी क्षेत्रमा लगानी गरी कर्जा प्रवाह बढाउन सकिने बताए ।

बैंकले गुल्मी, अर्घाखाँची, दाङ, प्युठान लगायतका जिल्लामा बैंक तथा वित्तीय क्षेत्रमा राम्रो उपस्थिति जनाएको छ ।