Author: Himalaya Post

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

बुटवल– लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष विशेष अधिवेशन अन्त्यका लागि सिफारिश भएपछि अधिवेशनको औचित्य समाप्त भई आज अधिवेशन अन्त्य भएको हो । लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना टाँस्दै विशेष अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन् । प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आजदेखि अधिवेशन अन्त्य गरेकाले प्रदेशसभा नियमावली २०७४ को नियम ३(३) बमोजिम प्रदेशसभा सदस्यलाई जानकारीका लागि सूचनापत्र प्रकाशन गरिएको उल्लेख छ । प्रदेशसभामा मुख्यमन्त्री पोखरेलमाथिको अविश्वासको प्रस्तावमा छलफल हुने र सोमबार मतदान हुने कार्यक्रम थियो । मुख्यमन्त्री पोखरेलको राजीनामापछि प्रदेश...

Read More

सूचना प्रविधिको प्रयोग गरी सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउनुपर्छ : प्रम ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको उच्चतम उपयोग तथा सदुपयोग गरी सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउने बताएका छन् । चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०७८ का अवसरमा आज सूचना तथा सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बालुवाटारबाट भर्चुअल रुपमा उद्घाटन गर्दै उनले भने, ‘आम नागरिकलाई कम समय र कम लागतमा विना झन्झट र विना हैरानी सहज, सरल र सुलभ रुपमा सेवा प्रदान गर्न सहज हुनेछ, जो जहाँ रहे पनि फेस टू फेस सम्पर्क, सरसल्लाह, छलफल, परामर्श गर्ने अवसर प्राप्त भएको छ ।’ प्रधानमन्त्री ओलीले पूर्वपश्चिम र उत्तरदक्षिण एवं जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग, निर्माण र विस्तारको...

Read More

एमाले स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री पुगे शीतलनिवास

काठमाडौँ – नेकपा एमालेको बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्माओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । बालुटारमा एमालेको स्थायी कमिटी बैठक बोलाएका प्रधानमन्त्री ओली बैठक सकिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजनीनामा दिएपछि राजनीतिमा नयाँ तरंग आएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग उक्त विषयका साथै कोरोना संक्रमणकाबारेमा छलफल गर्ने बुझिएको छ...

Read More

महाकाली अस्पताललाई रु. १० लाख आर्थिक सहयोग

कञ्चनपुर– बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि रु. १० लाख आर्थिक सहयोग गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री, अक्सिजन, भेन्टिलेटरलगायत खरीदका लागि बेदकोटले आर्थिक सहयोग गरेको हो । नगरप्रमुख अशोक चन्दले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई रु. १० लाखको चेक हस्तान्तरण गरेका छन् । चेक हस्तान्तरण गर्दै नगरका प्रमुख चन्दले कोरोना महामारी नियन्त्रणका लागि पाालिकाका तर्फबाट सहयोग गरिएको बताएका छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोेशी (बोक्सर) ले पालिकाबाट भौतिक, आर्थिक एवं नैतिक सहयोगको अपेक्षा गर्दै महाकाली अस्पतालममा कोरोना रोककथामका लागि प्रयास आवश्यक रहेको जानकारी दिए । अस्पतालमा अक्सिजनलगायत...

Read More

‘अक्षर बनिदिए भावहरु’ सार्वजनिक

काठमाडौँ– हाल अमेरिका निवासी कवि अमर रोकाद्वारा रचित ‘अक्षर बनिदिए भावहरु’ कविता तथा गीतसङ्ग्रह जुम प्रविधिबाट सार्वजनिक भएको छ । सिसार साहित्य प्रतिष्ठानले शनिबार बेलुकी जुम प्रविधिमार्फत आयोजना गरेको कार्यक्रममा कविकी माता एवं नेपालकी पहिलो जागिर खाने महिला ८४ वर्षीया मीना रोकाले कवितासङ्ग्रह विमोचन गरेकी हुन् । गीत र कविता गरी ४१ वटा सङ्ग्रह गरिएको पुस्तकमा ७९ पृष्ठ छ । पुस्तकको मूल्य रु. ९५ छ । पूजा रोकाले प्रकाशन गरेका कविता तथा गीत सङ्ग्रहको भाषा सम्पादन उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले गरेको हो । लेखकको यो पहिलो कृति हो । रोकाका कविता र गीतमा मन र जीवनका प्रवाह प्रवाहित भएको छ...

Read More