Author: Himalaya Post

निकुञ्जमा मारिएका कर्मचारीको नामबाट हात्तीको छावाको नामाकरण

चितवन – चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा जन्मिएको एउटा छावाको नाम निकुञ्ज सुरक्षार्थ खटिएका अवस्थामा तस्करहरुद्धारा मारिएका कर्मचारीको नामबाट राखिएको छ । एघार दिन अघि नारायणी कलिले जन्माएको भाले छावाको नाम शुक्रबार “शेषचन्द्र गज” राखिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार २०७१ साल असोज ९ गते कामकै सिलसिलामा हिडेका निकुञ्जका कर्मचारी शेषचन्द्र चौधरीलाई तस्करले गोली हानी हत्या गरेका थिए । उनी ठोरीको दिवानगर पोष्टमा कार्यरत रहँदा बगइको जङ्गलमा गोली हानिएको थियो । निकुञ्जले संरक्षण शहिद घोषणा गर्नुपर्ने माग गरिरहेका चौधरीको सम्झनामा छावाको नाम राखिएको वरालले जानकारी दिए । चौधरीको स्मृतिमा माडी...

Read More

६ सय अक्सिजन सिलिन्डर लिन ओमान उड्यो निगमको जहाज

काठमाडौँ – गैरआवासीय नेपाली संघ र नेपाली राजदूताबास ओमानको सहकार्यमा संकलन गरिएका ६ सय थान अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको जहाज ओमान उडेको छ । बिहाना ७ बजे निगमको निगमको वाइड बडी ए ३३० जहाज  ओमान उडेको निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । आजै दिउँसो साढे २ बजे स्वास्थ्य सामाग्रीसहित नेपाल अवतरणको तालीका रहेको पौडेलले बताए । यसैगरी आज नै चीनको पेचिङबाट ४ सय थान सिलिन्डर र अन्य स्वास्थ्य सामाग्री लिन निगमको जहाज चीन उड्ने जानकारी पौडेलले दिए...

Read More

मन्त्रालयले सीसीएमसीबाट खोस्यो अक्सिजन वितरणको जिम्मा

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई अक्सिजन वितरण गर्ने जिम्मेवारी आफैले लिएको छ । यसअघि अक्सिजन वितरणको काम कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी)ले गर्दै आएकोमा समस्या देखिएको भन्दै मन्त्रालयले आफै जिम्मवारी लिएको हो । तीन चार दिनमा वितरणमा समस्या आएपछि उक्त जिम्मेवारी आफूले लिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । धेरै अस्पतालले कोटअनुसार अक्सिजन सिलिन्डर नपाएको गुनासो आएपछि मन्त्रालयले जिम्मेवारी लिएको बताउँदै उनले अब सबै अस्पतालले कोटाअनुसार सिलिन्डर पाउने दाबी गरे...

Read More

एमाले विवाद : जेठ २ मा फर्कन ओली सहमत

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमाले विवाद मिलाउन २०७५ जेठ २ मा फर्कन सहमत भएका छन् । शुक्रवार सिँहदरबारमा बसेको ओली र माधव कुमार नेपाल पक्षका नेताको बैठकमा ओली जेठ २ मा फर्कन तयार भएका हुन् । तत्कालीन माओवादी केन्द्र र एमालेबीच २०७५ जेठ ३ मा एकता भई नेकपा बनेको थियो । तर, अदालतले ऋषि कट्टेल नेतृत्व नेकपालाई वैधानिकता दिएपछि एमाले र माओवादी केन्द्रबीचको एकता भंग भएको थियो । बैठकपछि नेता भीम रावलले एकता कायम राखी दललाई अगाडि बढाउन २०७५ जेठ ३ गतेभन्दा अगाडिको एमालेको स्थितिलाई आधार मानेर अगाडि बढ्ने सहमति भएको जानकारी दिए । जेठ २...

Read More

फौजीकिराले मकैबाली नष्ट

म्याग्दी – नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमणले थलापरेका बेला खेतवारीमा लगाइएको मकैवाली फौजीकिराले नष्ट गरिदिएपछि म्याग्दीका किसान दोहोरो रोगको चपेटामा परेका छन् । म्याग्दीमा भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैबाली फौजी कीराले नष्ट गर्न थालेपछि यहाँका किसान दोहोरो चिन्तामा परेका हुन् । जिल्लाको बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहका कतिपय किसान अहिले कोरोनाको चपेटमा परेका छन् । कतिपय संङ्क्रमित भएर होम क्वारेन्टिन, आइसोलेशन तथा स्वास्थ्य संस्थामा उपचाररत छन् । यही बेलामा किसानले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप देखिएको हो । मकै उम्रिनासाथ फौजी कीराले डाँठ र पात दुवै खाएर नष्ट गर्न थालेको बेनी नगरपालिका...

Read More