Author: Himalaya Post

लाङटाङमा स्थानीयद्वारा स्वास्थ्य र सुरक्षाको माग

रसुवा– गत सालको भूकम्पपछि लाङटाङ क्षेत्रमा स्वास्थ्य र सुरक्षाको काममा शून्यता छाएको जनाउँदै स्थानीय बासिन्दाले दुवै निकाय स्थापनाको माग गरेका छन् । क्यान्जिन गुम्बा लाङटाङ समाजका अध्यक्ष छिरिङपेवा तामाङका अनुसार भूकम्मपछि ग्रामीण समाजमा उपचार गर्ने स्वास्थ्य संस्थाका प्राविधिक र नेपाल प्रहरीको टोली नफर्केका कारण साबिकअनुरुप स्वीकृत दरबन्दीका स्वास्थ्य केन्द्र र नेपाल प्रहरीको चौकी स्थापना गरिदिन आग्रह गरिएको हो । भूकम्पपछि विस्थापित सबै लाङटाङवासी आफ्नो थातथलोमा फर्किसकेको र बसोबासका लागि गैससको सहयोगमा आवास निर्माणसमेत भइसकेको छ । पर्यटक आगमन हुने क्षेत्रमा रोगको उपचारका लागि स्वास्थ्य तथा पर्यटकीय क्षेत्रको हिसाबले स्थानीय बासिन्दा र पर्यटकसमेतको सुरक्षाका लागि प्रहरी चौकीको अति आवश्यक भएको...

Read More

सप्तरीमा दुईजनाको मृत्यु

राजविराज– सप्तरीको छुट्टाछुट्टै घटनामा परी मङ्गलबार दुईजनाको मृत्यु भएको छ । जिल्लाको बोदेबरसाइन–१ मा मोरटसाइकल बयलगाडामा ठोक्ँिकदा मोटरसाइकलको पछाडि सवार सप्तरीको धनगढी–५ निवासी ४५ वर्षीय सुभाष मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलको नम्बर अहिलेसम्म खुलेको छैन । मोटरसाइकल चालक भने फरार रहेका र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बोदेवसाइनले जनाएको छ । यस्तै, सप्तरीको कुसाहा–९ मा एकजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मधुवनी सकरी थाना घर भई हाल सप्तरी कुसाहा–९ स्थित हलेसी इँट्टा उद्योगमा कार्यरत ५० वर्षीया नन्दी पासवान रहेको बताइएको छ । पासवानलाई अचानक बान्ता र पखाला चलेपछि उपचारका लागि...

Read More

वर्षाले काँचो इँटा गल्दा करोडौँको क्षति

लहान– हावाहुरीसँगै अचानक भएको वर्षाका कारण सिरहाको विभिन्न इँटा उद्योगमा तयारी अवस्थामा राखिएको करोडौँ मूल्य बराबरको काँचो इँटामा क्षति पुगेको छ । करिब ५० वटाभन्दा बढी इँटा उद्योगमा पोल्न तयारी अवस्थामा राखिएका काँचो इँटा गल्दा रु तीन करोडभन्दा बढीको क्षति भएको इँटा व्यवसायीले बताएका छन् । ठूलो लगानी लगाएर तयार गरिएको काँचो इँटा गल्दा व्यवसायी मारमा परेका नेपाल इँटा उद्योग महासङ्घका केन्द्रीय सदस्य तथा गोलबजारस्थित सागर इँटा उद्योगका सञ्चालक विक्रम साहले बताए । अहिले अत्यधिक बिक्री हुने याम भएकाले इँटा धमाधम तयारी गरिरहेको अवस्थामा पानी परेका कारण करोडाँको क्षति भएको हो । पानीले काँचो इँटा गल्दा लागत मूल्य गुमाउनुको...

Read More

स्थानीय चुनावलाई भयरहित बनाउनका लागि हतियार बुझाउन आग्रह

बाँके– जिल्ला प्रशासन कार्यालय बाँकेले आफूहरुसँग भएका सम्पूर्ण हातहतियार यही चैत २४ गतेभित्र बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण एवम् भयरहित तरिकाले सम्पन्न गराउनका लागि नागरिकसँग भएका बन्दुक, पेस्तोललगायत हातहतियार सङ्कलन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । “स्थानीय तहको निर्वाचन अवधिसम्मका लागि कानुनबमोजिम अनुमति प्राप्त गरेका बन्दुक, पेस्तोल हातहतियार नेपाल प्रहरीको अधीनमा राख्नुपर्ने भएकाले सम्पूर्ण नागरिकलाई हातहतियार बुझाउनका लागि अनुरोध गरेका हौँ”, सहायक प्रजिअ कृष्णबहादुर खड्काले भने “सूचना प्राप्त गरेपछि यही चैत २४ गतेभित्र नजिकैको प्रहरी कार्यालयमा लगी हतियार बुझाइदिनुहोला ।” खड्काद्वारा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा यही...

Read More

एमाले मोरङ कार्यसमिति विस्तार

विराटनगर– नेकपा (एमाले) मोरङले जिल्ला कार्यसमितिको विस्तार भएको छ । पार्टीका जिल्ला अध्यक्ष विनोद ढकालले आज विराटनगरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन कार्यसमितिमा ३० जनालाई थप गरिएको जानकारी गराए । साथै जिल्लाका नौ वटै संसदीय क्षेत्रमा इन्चार्ज र सहइन्चार्ज तोकिएको छ । सोअनुरुप क्षेत्र नं १ मा रुपनारायण मिश्र र दुर्गा विष्ट, क्षेत्र नं २ मा चण्डी राई र भोला अधिकारी, क्षेत्र नं ३ मा भेषनाथ रिजाल र रवीन थापा, क्षेत्र नं ४ मा सन्तोष साह र वसन्तदेव मण्डल, क्षेत्र नं ५ मा धर्मानन्द सञ्जेल र दीपक कर्णलाई जिम्मेवारी तोकिएको छ । यसैगरी क्षेत्र नं ६ मा महेश भट्टराई र धर्मलाल सिंह, क्षेत्र नं ७ मा पर्शुराम बस्नेत र कासिम मियाँ, क्षेत्र नं ८ मा अजम्बर राई र राजकुमार ओझा तथा क्षेत्र नं ९ मा भूपाल जिमी र पुष्प ढकाललाई जिम्मेवारी तोकिएको जिल्ला अध्यक्ष ढकालले जानकारी दिए। त्यस्तै पार्टीका विभिन्न फाँट, जनसङ्गठन र स्थानीय तहका सङ्गठन समितिका संयोजक पनि तोकिएका छन्...

Read More