काठमाडौँ– देशैभरका अशक्त एवमु विपन्न बिरामीले काठमाडौँ महानगरपालिकामा निःशुल्क उपचार पाउने भएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौँ महानगर प्रमुख बालेन साहल सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन् । यसका लागि बिरामीले सम्बन्धित पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर आउनुपर्ने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


उनले लेखेका छन्, ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ ।’

सेवाका लागि सम्बन्धित व्यक्तिले काठमाडौँ महानगर स्वास्थ्य विभागमा सम्पर्क गर्न सक्ने बताइएको छ ।