Author: Himalaya Post

हट्यो उपत्यकाको निषेधाज्ञा, अब आदेश मात्रै जारी

काठमाडौँ– काठमाडौँ उपत्यकामा पाँच महिनादेखि जारी निषेधाज्ञा हटेको छ । बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुखहरुको बैठकले कोभिड–१९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै वैशाखदेखि जारी गरेको निषेधाज्ञा हटाउने निर्णय गरेको हो । यद्यपि ‘निषेध’ शब्दलाई हटाएर आदेश भने जारी रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए । उनका अनुसार, जारी ती आदेशहरु बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुनेछन् । आजको बैठक स्वास्थ्य मापदण्डमा जोड दिदैँ दैनिकी क्रियाकलापहरु सञ्चालन गर्न सकिन्छ भन्ने निचोडमा पुगेको बताउँदै उनले भने, ‘यसका लागि हामीले ‘निषेध’ शब्दलाई हटाएर आदेश जारी गरेका छौँ ।’ के–के गर्न पाइन्छ जारी आदेशमा ? शैक्षिक संस्था सञ्चालनको निर्णयको हकमा प्रशासनले...

Read More

एक करोड डोजमध्ये पूर्ण खोप पाउने संख्या ४६ लाखभन्दा बढि

काठमाडौँ– नेपालमा हालसम्ममा एक करोडभन्दा बढि नागरिकमा कोभिड–१९ विरुद्धको खोप वितरण गरिएको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले गतवर्ष माघको १४ गतेदेखि लगाइन थालेको खोप ७ महिनाको अवधिभित्र कुल एक करोड ९२ हजार १ सय ६४ डोज खोप दिइसकेको जानकारी दिएका हुन् । शर्माका अनुसार, भेरोसेल, जोन्सन एन्ड जोन्सन र कोभिशिल्ड खोप गरेर उक्त संख्यामा वितरण गरिएको ती खोपमध्ये पनि पूर्ण खोप लगाउने संख्या १५ प्रतिशत(४६ लाख) भन्दा बढि रहेको छ । ‘हालसम्ममा १८ प्रतिशत अर्थात्, ४६ लाख ६७ हजार ३ सय २८ जना ले पूर्ण रूपमा खोप प्राप्त गरेका छन्’, उनले भने...

Read More

ट्राफिक प्रहरीले सुरु गर्‍यो ‘नाइट भिजन लेजर स्पीड गन’, अब रातमा पनि गति नियन्त्रण

काठमाडौँ – ‘के तपाई रातको समयमा तीव्र गतिमा सवारी चलाउनुहुन्छ ? होसियार ! ट्राफिक प्रहरीको कारबाहीमा परिएला है ।’ महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तीव्र गतिका कारणले हुने सडक दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ्ग शुरु गरेको छ । विशेषगरी कोटेश्वर–सुर्यविनायक सडक, रिङ्गरोड र चौडा सडकहरुमा तीव्र गतिमा सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दिनको समयमा लेजर गनको प्रयोग गरि तीव्र गति नियन्त्रणको अभियान शुरु गर्दै आएको छ । महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले भने, ‘दैनिक रुपमा दिउँसो हुने चेकिङ्गमा तीव्र गतिमा सवारी चलाउने ३५/४० जना चालकहरुलाई लेजर गन मार्फत...

Read More

अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

कावासोती– अपाङ्गता भएका व्यक्तिहरू नागरिकताबाट वञ्चित नहुन र सहज रुपमा नागरिकता प्राप्त गर्न सकून् भनेर त्यस्ता व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्न सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने अभियान सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी मनमाया पँगेनीले गैँडाकोट नगरपालिका–१२ र १३ का अति अशक्त रुपमाया सापकोटा, सौरभ हमाल र समीर थापालाई घरमै पुगेर नागरिकता प्रदान गरी अभियानको सुरुआत गरेको हो । अति अशक्त, अपाङ्गता भएका व्यक्ति जिल्ला प्रशासन कार्यालयसम्म आउन निकै समस्या हुने हुँदा उनीहरूको सहजताका लागि र उमेर पुगेर पनि समयमा नागरिकता नबनाई नबसून्...

Read More

पार्कमा बस्दा फुरेको सोचले जन्माएको एसियन कङ्क्रिटो

समुन्द्रा घिमिरे, काठमाडौँ– विसं २०७२ को भूकम्प जाँदा उद्योगी तथा व्यवसायी मनिष रुङ्गटा काठमाडौँमा नै थिए । भूकम्प गएपछि आफ्नो घरमा बस्न डरले दुई वर्षको छोरी र श्रीमतीसँगै उनी पनि खुला पार्कमा रात काट्न बाध्य भए । रातको समयमा पार्कमा बस्दा फुरेको सोचमा चार जना व्यवसायी मिलेर एसियन कङ्क्रिटो स्थापना गरिएको उनले बताए । ‘कमसल निर्माणजन्य सामग्रीका कारण हामी रातको समय घरबाहिर बस्नु पर्‍यो, पछिल्लो समय मैले जस्तै दुःख आम उपभोक्तालाई नहोस् भनेर हामीले गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्ने सोचले कङ्क्रिटो उद्योग स्थापना गर्ने सोच बनायौँ’, उनले भने । उनको सोचमा व्यवसायी गौरव अग्रवाल, राजेश अग्रवाल, अनिल जाटिया र...

Read More