Author: Himalaya Post


Warning: count(): Parameter must be an array or an object that implements Countable in /srv/users/serverpilot/apps/himalayapost/public/wp-content/themes/HPOST1/includes/template-tags.php on line 54
एकै दिन चार जिल्लामा बैठक बस्दै जसपा महन्थ ठाकुर पक्ष

एकै दिन चार जिल्लामा बैठक बस्दै जसपा महन्थ ठाकुर पक्ष

काठमाडौँ– जनता समाजवादी पार्टी(जसपा)– महन्थ ठाकुरको पक्ष आज एकै दिनमा चार जिल्लामा बैठक बस्ने भएको छ । पार्टीले आजै सप्तरी, सिरहा, महोत्तरी र बारा गरी चार जिल्लामा बैठक विस्तारितको आयोजना गरेको हो । जसमध्ये पार्टीको प्रतिनिधित्व गर्दै सप्तरीमा राजेन्द्र महतो, केशव झा,वृषेश चन्द्र लाल, राजिव झालगायतले बैठकमा सम्बोधन गर्नेछन् भने, सिरहामा अनिल कुमार झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया र जयनुल राइन रहने बुझिएको छ । यस्तै, यता महोत्तरी बैठकमा भने सम्बोन्धन अन्र्तगत महन्थ ठाकुर , शरतसिंह भण्डारी, निर्जला राउतले उपस्थित जनाउनेछन । यसैगरि, बारामा भने लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल,बाबुलाल साह, तथा रमेश पटेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको...

Read More

परीक्षा दिँदै सात दिनकी सुत्केरी

गलेश्वर– म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन् । विद्यालयको शिक्षाशास्त्र विषय समूहमा अध्ययनरत मगरले पाँच ओटा परीक्षा दिइसकेको प्रधानाध्यापक हरिकृष्ण सुवदीले जानकारी दिए । ‘हामीले सुत्केरीका लागि छुट्टै स्तनपान कक्षको व्यवस्था गरेका छौँ’, प्रअ सुवेदीले भने । उनका अनुसार सामान्य विद्यार्थी जस्तै एउटै हलमा बसेर सुत्केरी विद्यार्थीले पनि परीक्षा दिएकी हुन् । विद्यालयमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफ नर्स) चन्द्रप्रभा भण्डारीले आमा...

Read More

हुम्लाको दक्षिणी भेगमा खुल्न थाले विद्यालय

सिमकोट– कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् । बिहीबारदेखि अदानचुलीभित्र रहेका सम्पूर्ण विद्यालय पुनः सञ्चालनमा आएका छन् । गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टक्कदत्त प्याकुरेलले जानकारी दिए । ‘हामीले स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौँ’ उनले भने । कोरोनाको जोखिम नभएकाले भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेको उनको भनाइ छ। लामो समयदेखि विद्यालय बन्द भएकाले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पठनपाठन कार्यलाई गाउँ कार्यपालिकाको निर्णयानुसार...

Read More

दार्चुला तुइन घटना प्रकरण : सात दिनपछि छानबिन समितिद्वारा घटनास्थल निरीक्षण

दार्चुला– महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको समिति सात दिनपछि भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्किएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीसहित छानबिन टोली घटनास्थल निरीक्षणमा पुगेको हो । व्यास गाउँपालिका–२ मालघाटको स्थलगत निरीक्षण गर्न नेपाली सुरक्षा अधिकारी र छानबिन समिति भारतीय एसएसबीसँगै घटनास्थल पुगेका हुन् । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली दार्चुलाबाट धारचुला भारत हुँदै गस्कु–मालघाट पुगेको थियो । घटनास्थल पुगेको समितिले तुइन बाँधिएको रूखको नापजाँच लिएको छ । यसअघि जिल्लाबाट खटिएको अनुसन्धान टोलीले दिएको विवरणअनुसार घटनास्थलको निरीक्षण गरिएको अनुगमन समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले...

Read More

उपाध्यक्ष ढकालको नेतृत्वमा सार्क सीसीआई प्रतिनिधिमण्डल र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ – सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज (सार्क सीसीआई) र नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय प्रतिनिधिहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बिहीबार सार्क सीसीआईका उपाध्यक्ष चण्डीराज ढकालको नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेटवार्ता गरेको हो । भेटमा उपाध्यक्ष ढकालले कोरोना भाइरसका बीच सार्क सीसीआईले गरिरहेको कामहरुबारे प्रधानमन्त्री देउवालाई जानकारी गराए । लामो समयदेखि सार्कको मन्त्रीस्तरीय बैठक बस्न नसकेकाले सार्कको च्याप्टर अनुसार गठन भएको सार्क सीसीआईका कतिपय स्थापित र योजना बनाएका कार्यक्रमहरु हुन नसकेको बताए । अहिले नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकाले आउने मन्त्रीस्तरीय बैठकमा यसलाई महत्वका साथ अघि बढाउन प्रधानमन्त्र शेरबहादुर देउवासमक्ष उनले आग्रह गरे...

Read More