काठमाडौँ– नेपालमा हालसम्ममा एक करोडभन्दा बढि नागरिकमा कोभिड–१९ विरुद्धको खोप वितरण गरिएको छ ।


ADVERTISEMENT


बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले गतवर्ष माघको १४ गतेदेखि लगाइन थालेको खोप ७ महिनाको अवधिभित्र कुल एक करोड ९२ हजार १ सय ६४ डोज खोप दिइसकेको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


शर्माका अनुसार, भेरोसेल, जोन्सन एन्ड जोन्सन र कोभिशिल्ड खोप गरेर उक्त संख्यामा वितरण गरिएको ती खोपमध्ये पनि पूर्ण खोप लगाउने संख्या १५ प्रतिशत(४६ लाख) भन्दा बढि रहेको छ । ‘हालसम्ममा १८ प्रतिशत अर्थात्, ४६ लाख ६७ हजार ३ सय २८ जना ले पूर्ण रूपमा खोप प्राप्त गरेका छन्’, उनले भने ।

अनुदानमा प्राप्त र खरीदमध्येका ती खोप सरकारले प्राथमिकताका आधारमा नागरिकमा वितरण थालेको थियो । जसअन्र्तगत पहिलो चरणमा फ्रन्टलाइनर स्वरुप कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मी,, सरसफाईकर्मी, सुरक्षाकर्मी, पत्रकार, यातायात चालक, बैङ्क, कूटनीतिक नियोग लगायतलाई दिइएको थियो ।

यस्तै, दोस्रो र तेस्रो चरण गरी क्रमशः ५० वर्षभन्दा माथिका नागरिक, बैंक, सार्वजनिक यातायातका चालक, सहचालक, विभिन्न विश्वविद्यालयका परीक्षामा सामेल हुने विद्यार्थीहरु, पत्रकार, विभिन्न कारणले वैदेशिक यात्रामा जाने व्यक्ति, शरणार्थीलगायतलाई खोप लगाइएको थियो ।