काठमाडौँ– काठमाडौँ उपत्यकामा पाँच महिनादेखि जारी निषेधाज्ञा हटेको छ ।


ADVERTISEMENT


बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुखहरुको बैठकले कोभिड–१९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै वैशाखदेखि जारी गरेको निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यद्यपि ‘निषेध’ शब्दलाई हटाएर आदेश भने जारी रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए । उनका अनुसार, जारी ती आदेशहरु बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुनेछन् ।

आजको बैठक स्वास्थ्य मापदण्डमा जोड दिदैँ दैनिकी क्रियाकलापहरु सञ्चालन गर्न सकिन्छ भन्ने निचोडमा पुगेको बताउँदै उनले भने, ‘यसका लागि हामीले ‘निषेध’ शब्दलाई हटाएर आदेश जारी गरेका छौँ ।’

के–के गर्न पाइन्छ जारी आदेशमा ?

शैक्षिक संस्था सञ्चालनको निर्णयको हकमा प्रशासनले भौतिक उपस्थितीलाई सकेसम्म प्राथमिकता नदिने तर, गर्नैपर्ने अवस्थामा स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सकिने जनाएको छ ।

त्यस्तै पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालनका लागि निश्चित समयसीमा तोकिएको छैन भने ढुवानीका लागि भने प्रशासनले निश्चित समय तोकेको छ । जसअन्र्तगत बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजे सम्म स्थानीय ढुवानी सञ्चालन गर्न पाइनेछ ।

यस्तै, सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्ममा मात्रै सञ्चालन गर्न सकिने भएको छ । यद्यपि संक्रमणको अवस्थाअनुसार बीचमै पनि तोकिएका आदेश हेरफेर हुन सक्ने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासनद्धारा जारी आदेश :