Author: Himalaya Post

रोल्पामा महिलामैत्री परीक्षा केन्द्र बनाइँदै

रोल्पा– यस वर्षको माध्यमिक शिक्षा परीक्षामा जिल्लाबाट झन्डैै ५४ प्रतिशत छात्राले सहभागिता जनाउँदै छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लामा यस वर्ष बिहीबारदेखि हुने परीक्षामा ७२ साधारण, एक प्राविधिक र एक खुला गरी ७४ विद्यालयबाट तीन हजार आठ सय ११ विद्यार्थीले १७ परीक्षा केन्द्रबाट सहभागिता जनाउन लागेका छन् । सहभागी हुने विद्यार्थीमध्ये छात्राको सङ्ख्या अधिक रहेको जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । केटाहरु कक्षा ८ उत्तीर्ण गर्नेबित्तिकै वैदेशिक तथा देशभित्रै रोजगारीमा जाने चलन रहेका कारण पनि छात्राको सङ्ख्या बढी हुन सक्ने पौडेलले बताए । जिल्लामा छात्रा परीक्षार्थीको सङ्ख्या अधिक रहेका कारण परीक्षा केन्द्र पनि महिलामैत्री बनाइनेछ । सोअनुसार सबै परीक्षा केन्द्रका सबै छात्रालाई पुग्ने गरी स्यानेटरी प्याडका साथै प्राथमिक उपचारको सामग्रीसमेत व्यवस्था गरिनेछ...

Read More

‘सिर्जना सङ्गम’ कार्यक्रम सुरु

काठमाडौँ– सिर्जना कलेज अफ फाइन आर्टसले चित्र, मूर्ति, सङ्गीत र नृत्य विधालाई व्यावसायिकरुपमा विकास गर्ने उद्देश्यले ‘सिर्जना सङ्गम’ कार्यक्रम सोमबार सञ्चालनमा ल्याएको छ । लाजिम्पाटस्थित कलेजले त्रिभुवन विश्वविद्यालयबाट १५ वर्षअगाडि सम्बन्धन प्राप्त गरी चित्र, मूर्ति, सङ्गीत र नृत्य विषयको अध्यापन गराउँदै आएकामा अब गुरु तथा शिष्यबीचमा अध्ययन र अध्यापनको मञ्चन गर्नुपर्ने भएको छ । विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव देवराज अधिकारीले उक्त कार्यक्रमको शुभारम्भ गर्दै यस किसिमको कार्यक्रमले गुरु तथा शिष्यलाई नजिकको सम्बन्ध स्थापना गर्न सहयोग पुर्याउने र व्यावहारिकरुपमा विद्यार्थीले प्राप्त गरेको शिक्षा तथा अध्ययनलाई सशक्त बनाउने विचार व्यक्त गरे । उनले सो संस्थाको भौतिक निर्माण तथा पूर्वाधार विकासमा आयोगले...

Read More

इजाजतपत्र नलिई सुर्तीजन्य पदार्थ बिक्रीमा रोक

काठमाडौँ– सरकारले धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था आजदेखि लागू गरेको छ । मन्त्रिपरिषद्को माघ ६ को बैठकले यसको सेवनले जनताको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको जनाउँदै स्वास्थ्य मन्त्रालयले पेस गरेकोे प्रस्ताव स्वीकृत गर्दै सो निर्णय गरेको थियो । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा ११ (६) मा सरकारले चाहेमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्था गर्न सक्ने कानुनी व्यवस्था भएबमोजिम सरकारले यस्तो निर्णय गरेको हो । उक्त दफा बमोजिम अनिवार्य रुपमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी कारोबार गर्न दर्ता भई आन्तरिक राजस्व...

Read More

विकास निर्माणका लागि राहतस्वरुप आएको चामल वितरण

बाजुरा– सुख्खा तथा खडेरी प्रभावित क्षेत्रमा विकास निमार्णका लागि राहतस्वरुप आएको चामल वितरण गरिएको छ । जिल्लास्तरीय सर्र्वदलीय बैठकबाट सहमतिमा राहतस्वरुप आएको २० हजार क्विन्टल चामल वितरण गरिएको हो । बैठकमा सहभागि नेपाली काँग्रेसका जिल्ला सचिव दीपक शाहका अनुसार विद्यालय घेरबार, सडक, बाटोघाटो निर्माण गर्ने गरी कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत सो चामल वितरण गरिएको हो । जिल्लाको सबै गाविस र नगरपालिका समेटिने गरी ३३ वटा योजना छनोट गरिएको छ । साप्पाट– जुकोटवाई– लामाओढार– पिलुचौर सडकखण्ड निर्माण गर्न तीन हजार ७०० क्विन्टल, रुगिन– फैती– क्यूडी सडकखण्डका लागि एक हजार ५०० र बिच्छ्या गाविसका लागि ७०० क्विन्टल चामल छुट्याइएको छ ।...

Read More

स्थानीय तह आजबाट औपचारिक रुपमा कार्यान्वयन

काठमाडौँ –स्थानीय तहका सम्पूर्ण कार्यालय र कार्ययोजना कार्यन्वयनमा आएका छन् । प्रधानमन्त्री दाहालले ललितपुर महानागरपालिकाको कार्यालयमा मंगलवार आयोजित एक बिशेष समारोहका बीच मुलुकभर रहेका ७ सय ४४ वटै स्थानीय तह कार्यान्वयनमा आएको घोषणा गरेका हुन् । गत फागुन २७ गते राजपत्रमा प्रकाशित भएलगत्तै अस्तित्वमा आएका ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिकाले मंगलवारबाट औपचारिक कामको सुरुवात गरेका छन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधान एवं संघीय मामिला तथा स्थानीय बिकास मन्त्री कमल थापाले संवैधानिक ब्यवस्थाअनुसार तीन तहमा उल्लेख भएका केन्द्र, प्रदेश र स्थानीय सरकारको कामकारवाही प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिए । मन्त्री थापाले...

Read More