काठमाडौँ – बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक अरूण पौडेलजबाट नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुरको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
एसपी सन्तोष आचार्यको कमाण्डमा रहेको गणमा नेपाल प्रहरी विशेष सुरक्षामा उत्कृष्ट र अब्बल तयारी रहेको बताईएको छ । डीआईजी पौडेलबाट नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेको भवन, ब्यारेक, मेश, पेरिमिटरको अवलोकन भएको छ ।
यस्तै शाखाहरूबाट भए गरेका कामकारवाहीको अभिलेखिकरणको निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरूलाई समय समयमा परीमार्जित कवाज तथा भिड नियन्त्रण सम्बन्धि अभ्यास गरी विषम परिस्थितिमा तत्कालै परिचालित हुन सक्ने गरी स्ट्याण्डबाई रहननिर्देशन समेत दिएका छन् ।
गणका प्रमुख एसपी आचार्यले बागमती प्रदेशभरी आवश्यक आकष्मिक सुरक्षाको लागि उत्कृष्ट तयारी तथा विषम् परिस्थितीमा विशेष सुरक्षा प्रदान गर्न अब्बल तयारी रहेको बताएका छन् ।