पारस इमर्जिङ एसिया कपमा पनि सहभागी नहुने
काठमाडौँ- नेपाली टोलीका कप्तान पारस खड्काले बंगलादेशमा हुने इमर्जिङ टिम्स एसिया कप क्रिकेट नखेल्ने निर्णय गरेका छन् । केही साता अघि मात्र एपेन्डिक्सको शल्यक्रिया गरेका खड्काले स्वास्थ्यको समस्य देखाउँदै आफू त्यसमा नखेल्ने बताएका हुन्। उनले काठमाडौंमा भएका विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको दुबै खेल खेलेका थिएनन्। बंगलादेशमा मार्च २५ देखि अप्रिल ४ मा हुने इमर्जिङ टिम्स कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशका अन्डर २३ टीमसहित नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टिमले प्रतिश्पर्धा गर्नेछन्। पारसले खेलाडीको मनोबल बढाउनका लागि मात्रै आफू ड्रेसिङ रूममा बसेको बताउँदै अप्रेसनबाट पूर्ण रुपमा ठीक हुन केही समय लाग्ने र त्यसका लागि हतार नगर्ने बताएका...
Read More