काठमाडौँ –स्थानीय तहका सम्पूर्ण कार्यालय र कार्ययोजना कार्यन्वयनमा आएका छन् । प्रधानमन्त्री दाहालले ललितपुर महानागरपालिकाको कार्यालयमा मंगलवार आयोजित एक बिशेष समारोहका बीच मुलुकभर रहेका ७ सय ४४ वटै स्थानीय तह कार्यान्वयनमा आएको घोषणा गरेका हुन् ।


ADVERTISEMENT


गत फागुन २७ गते राजपत्रमा प्रकाशित भएलगत्तै अस्तित्वमा आएका ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिकाले मंगलवारबाट औपचारिक कामको सुरुवात गरेका छन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधान एवं संघीय मामिला तथा स्थानीय बिकास मन्त्री कमल थापाले संवैधानिक ब्यवस्थाअनुसार तीन तहमा उल्लेख भएका केन्द्र, प्रदेश र स्थानीय सरकारको कामकारवाही प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिए ।


ADVERTISEMENT

# # #


मन्त्री थापाले दक्षीण एसियाकै अग्रगामी स्थानीय तहको निर्माण भएको बताउँदै चुनौती पूर्ण रहेको यसको कार्यान्वयनका लागि एक जुट हुनु पर्ने आवश्यकता औँल्याए । आजबाट स्थानीय सरकार कार्यान्वयनमा आएको बताउँदै उनले आफ्नै घरदैलोमा स्थानीय सरकार जनताले प्राप्त गरेको बताए । उनले भने, ‘यो अदभुत र अद्वितीय छ । हामी स्थानीय तह कार्यान्वयनको ऐतिहासिक क्षणमा प्रवेश गरेका छौं ।’

बिभिन्न दलका नेता तथा सांसदले समेत स्थानीय तह कार्यान्वयनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । उद्घाटन सत्र अहिले पनि जारी छ । स्थानीय तह पुनर्संरचना आयोगको समयावधि सोमवार सकिए लगत्तै सरकारले औपचारिक कार्याक्रम गरी ७ सय ४४ वटा स्थानीय तहको औपचारिक सुरुवात गरेको हो ।