Author: Himalaya Post

निर्वाचनको मिति फागुन महिनाभित्र घोषणा नभए सडक र सदनबाट दबाब – नेता पोख्रेल

फागुन २ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोख्रेलले फागुन महिनाभित्र स्थानीय निर्वाचनको मिति घोषणा नभए सडक र सदनबाट अगाडि बढ्ने बताएका छन् । प्रेस चौतारीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन गर्न आवश्यक रहेको बताएका हुन्। संविधानमा जे व्यवस्था रहेको छ त्यसलाई बदल्न आवश्यक नरहेको उनको भनाइ थियो । उनले प्रदेशको सीमाङ्कन गर्दा नेपालका पहाडी भू–भागलाई तराईसँग अलग गर्न नहुने पनि धारणा व्यक्त गरेका थिए...

Read More

सङ्कटापन्न चन्द्र नहरको स्वरुप फेरिँदै

२ फागुन । स्रोतसाधन र बजेट अभावका कारण अस्तित्व नै सङ्कटमा परेको नेपालकै सबैभन्दा पुरानो चन्द्र नहरको स्वरुपलाई परिर्वतन गरिएको छ । नहर सङ्कटमा परेपछि दुई वर्षअगाडि सिँचाइ मन्त्रालयले उक्त नहर पुनःनिर्माणका लागि रु एक अर्ब ५८ करोड को निर्माण योजनालाई स्वीकृत गरेको थियो जसको फलस्वरुप अहिले नहरको पूर्वाधार निर्माणका कार्य दु्रत गतिमा भइरहेको छ । सन् १९२३ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९२३ मा सुरु भई सन् १९२७ मा निर्माण सम्पन्न भएको उक्त नहर सञ्चालन र व्यवस्थापनमा सुरुका दिन ध्यान दिइए पनि विगत ३५ वर्षदेखि बजेट र साधनस्रोत अपर्याप्त भएपछि सङ्कटग्रस्त बनेको थियो । कोसी र खाडो...

Read More

नेपाली राजदूतावासले सहयोग नगरेको गुनासो

काठमाडौँ, २ फागुन । सन् २०१६ मे १९ मा अमेरिकाको टेक्सासमा रुसल श्रेष्ठको दुर्घटनामा परी दुखद निधन भयो । त्यस्तै जुलाई १ मा नेपाली वैज्ञानिक किरण लामिछानेको कार दुर्घटनामा परी डलासमा निधन भयो भने अमेरिकाको ओक्लाहोमा नर्सिङ पढ्दै गरेकी १९ वर्षीया निशा कार्कीको हृदयघातका कारण गत १६ नोभेम्बरमा निधन भयो । उता दुई महिना अघि एट्लान्टा राज्यमै एकै परिवारका चारजना नेपालीको कार दुर्घटनामा ज्यान गयो । अमेरिकामा पछिल्लो समय नेपालीले विभिन्न दुर्घटनामा परी ज्यान गुमाइरहेका छन् । तर अमेरिकास्थित नेपाली दूतावासले नेपालीको पीडामा कुनै चासो नै नलिने गरेको अमेरिकामा बस्ने नेपालीले गुनासो छ । नेपालीले ज्यान गुमाउँदा उक्त ठाउँमा गएर...

Read More

धनगढीमा खुल्यो स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र

कैलाली, २ फागुन । धनगढीमा क्रिकेट प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र आइतबारबाट औपचारिक रुपमा उद्घाटन भएको छ । क्रिकेटको सहर भनेर चिनिने धनगढीमा क्रिकेट गतिविधिहरु बढिरहेका बेला प्रशिक्षण गर्नका लागि झन्डै रु आठ लाखको लगानीमा स्पार्क क्रिकेट एकेडेमी स्थापना भएको हो । निजी क्षेत्रबाट धनगढी क्रिकेट एकेडेमीले कलिला क्रिकेटर खेलाडीलाई प्रशिक्षण गराउँदै आएकामा क्रिकेटर पदम केसीले धनगढीमा अर्को सुविधा सम्पन्न क्रिकेट प्रशिक्षण केन्द्रको स्थापना गर्नुभएको हो । कैलाली जिल्ला क्रिकेट सङ्घले पनि धनगढीको कभर्डहलमा प्रशिक्षण दिँदै आएको छ । नयाँ नयाँ प्रविधि र सुविधासहित खेलाडीलाई प्रशिक्षण दिनका लागि स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको क्रिकेटर...

Read More

नाजिरलाई साथ दिँदै नायिका केकी अधिकारी

अभिनेता नाजिर हुसेनले नायिका केकी अधिकारीसँग ‘अनस्क्रिन रोमान्स’ गर्ने भएका छन् । सामाजिक कथावस्तुमा आधारित फिल्म ‘राज्जा रानी’ को आइतबार घोषणा गरेसँगै सफलताको स्वाद चाखिसकेका अभिनेता नाजिर हुसेन र नायिका केकी अधिकारी पहिलोचोटी संगै देखिने भएका हुन् । ‘कोहिनुर’, ‘शब्द’, ‘वीरविक्रम’ र ‘के म तिम्रो होईन र’ फिल्मका स्क्रिप्ट समेत लेखेका याम थापाले पहिलो पटक यसै फिल्मबाट निर्देशन थाल्ने भएका छन् । फिल्म प्रेम कथाले भरिपूर्ण भएको र तराई पृष्ठभूमीको रहेको बताउँदै यामले भने ‘तराईमा बोलिने भाषा र संवेदनामाथि फिल्म बनाउन लागेका हौँ ।’ फिल्ममा रानीको भूमिकामा देखिन लोगेकी केकीले भनिन् ‘दर्शकले रानी चरित्रबाट पूर्णतः मनोरञ्जन लिनुहुन्छ । हाम्रो...

Read More