कैलाली, २ फागुन । धनगढीमा क्रिकेट प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र आइतबारबाट औपचारिक रुपमा उद्घाटन भएको छ ।


ADVERTISEMENT


क्रिकेटको सहर भनेर चिनिने धनगढीमा क्रिकेट गतिविधिहरु बढिरहेका बेला प्रशिक्षण गर्नका लागि झन्डै रु आठ लाखको लगानीमा स्पार्क क्रिकेट एकेडेमी स्थापना भएको हो । निजी क्षेत्रबाट धनगढी क्रिकेट एकेडेमीले कलिला क्रिकेटर खेलाडीलाई प्रशिक्षण गराउँदै आएकामा क्रिकेटर पदम केसीले धनगढीमा अर्को सुविधा सम्पन्न क्रिकेट प्रशिक्षण केन्द्रको स्थापना गर्नुभएको हो ।


ADVERTISEMENT

# # #


कैलाली जिल्ला क्रिकेट सङ्घले पनि धनगढीको कभर्डहलमा प्रशिक्षण दिँदै आएको छ । नयाँ नयाँ प्रविधि र सुविधासहित खेलाडीलाई प्रशिक्षण दिनका लागि स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको क्रिकेटर पदम केसीले बताउनुभएको छ ।

क्रिकेट खेलमा जुनियर खेलाडीलाई प्रशिक्षण दिने मुख्य उद्देश्यका साथ स्थापना गरिएको प्रशिक्षण केन्द्रमा अहिले स्वयम् केसीले प्रशिक्षण दिनेछन् भने केही समयपछि भारतबाट प्रशिक्षण ल्याएर प्रशिक्षण गराइने प्रशिक्षक केसीले जानकारी दिनुभएको छ । क्रिकेटलाई व्यावसायिक बनाउने लक्ष्य लिएको क्रिकेट प्रशिक्षण केन्द्रले युवा खेलाडी जन्माउन प्रशिक्षण केन्द्र स्थापना गरिएको क्रिकेटर केसीको भनाइ छ ।

लामो समयसम्म सुदूरपश्चिमको क्षेत्र नं ६ र क्षेत्र नं ९ बाट राष्ट्रिय क्रिकेट खेल्दै आउनुभएका केसीले तीन वर्ष विदेशमा पनि बिताउनुभएको हो । आफूहरुले क्रिकेट खेल्ने समयमा भोगेका समस्या भोग्न नपरोस् भनेर केसीले आफूलाई खड्किएको अभावलाई महसुस गर्दै सुविधा सम्पन्न क्रिकेट प्रशिक्षण सञ्चालनमा ल्याएको बताउनुभयो ।