चालिस कटसी ‘कखरा’ सिक्न नातिसँगै स्कुल जान्छिन् सानुमाया
फागुन ३ । “मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन” भन्ने उदाहरणका रुपमा संक्रान्तिबजार–९, तेह्रथुमकी ४४ वर्षीया सानुमाया नेपाली लाई लिन सकिन्छ । पढ्ने उमेरमा विद्यालय टेक्न समेत नपाएपछि सानुमाया अहिले पाँच वर्षीय नातिसँगै कखरा सिक्दै छिन् । एक वर्षअघि यहाँको पुरानागाउँ आधारभूत विद्यालयमा भर्ना भएकी सानुमाया अहिले नाति वसन्तसँगै कक्षा १ मा पढ्दै छिन् । उनले भनिन्, “पढ्ने उमेरमा पढ्न पाइएन, कामै धेरै गर्नुपथ्र्यो, अहिले फुर्सदमा छु, पढ्ने इच्छा पूरा गर्न विद्यालय जाँदैछु ।” लेखपढ गरेपछि केही नभए पनि आफ्नो नाम लेखेर सही गर्न सजिलो हुने उनको भनाइ छ । “सही गर भनेर लगाउँछन्, आफूलाई आउँदैन” सानुमायाले भनिन्, “हात...
Read More