Author: Himalaya Post

सौराहा ‘फुड फेस्टीवल’ सम्पन्न

चितवन, फागुन ५ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा यही माघ २९ देखि सुरु भएको ११औँ सौराहा फुड फेस्टिबल (महोत्सव) सम्पन्न भएको छ । गएराति १० बजे फेस्टिबलको समापन गरिएको हो । यस वर्ष विगतभन्दा उत्साहप्रद रुपमा फेस्टिबल सम्पन्न भएको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान)का अध्यक्ष लालबहादुर भट्ट राजनले जानकारी दिए । उनका अनुसार फेस्टिबलमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । करिब रु ५० लाखको कारोबार भएको अनुमान छ । प्रेम दिवसका दिन मङ्गलबार सबैभन्दा बढी दर्शक आएको आयोजक समितिका संयोजक नरेश गिरीले जानकारी दिए । ‘प्राकृतिक सौन्दर्य, चितवन सौराहाको विशेषता’ भन्ने नारासहित...

Read More

प्रेम प्रस्ताव अस्वीकार गर्दा छतबाट हामफालेर आत्महत्या

चितवन, फागुन ४ । प्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार प्रणय दिवसका दिन साँझ फूल लिएर एक युवतीलाई प्रेम प्रस्ताव राख्दा नमानेपछि सुनसरी घर भई भरतपुर १० ओमशान्ति चोक बस्दै आएका २० वर्षीय विकल चौधरीले आत्महत्या गरेका हुन् । “कक्षा ९ मा पढ्दै आएकी एक किशोरी बसेको घरमा पुगेर प्रेम प्रस्ताव गर्दा उनले नमानेपछि तीनतले घरको छतबाटै हामफालेर आत्महत्या गरेको देखियो”– प्रहरी प्रमुख थापाले भने । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटना मङ्गलबार साँझको भए पनि अहिलेसम्म शव अस्पतालमै रहेको र...

Read More

वैशाखभित्रमा जसरी पनि स्थानीय तहको निर्वाचन गर्ने – प्रधानमन्त्री ‘प्रचण्ड’

फागुन ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन प्रमुख राजनीतिक दलबीच अनौपचारिक रुपमा सहमति बनिसकेकाले अब जसरी पनि वैशाखभित्रमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । पाँचथरको याङनाम र नागिनको सिमानामा बग्ने ‘हेवा खोला’ जलविद्युत् परियोजना ‘ए’ को आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।उनले भने,“मङ्गलबार बेलुका र आज बिहान मात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९एमाले०काअध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेको छु, अब चाँडै असमझदारीका विषयमा सहमति गरेर वैशाखभित्रमा स्थानीय तहको निर्वाचन गर्ने छौँ ।” संविधान बनिसकेकाले अब देशलाई समृद्धिको बाटोमा लैजानु पर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले मुलुकलाई समृद्धितर्फ अघि बढाउन ऊर्जा क्षेत्रले महत्वपूर्ण भूमिका...

Read More

फागुन ८ भित्रै निर्वाचनको मिति घोषणा गर्छु – प्रधानमन्त्री

काठमाडौँ, फागुन ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  स्थानीय निकायको निर्वाचनको मिति फागुन ८ गते भित्रै तोक्ने बताएका छन् । आज  प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँगको भेटमा उनले यसै साताभित्र चुनावको मिति तोकिने कुरा उल्लेख गरेका हुन् । निवार्चन आयुक्त यादवले भने ‘उहाँले केहीदिन भित्रमै मिति घोषणा गर्ने आश्वासन दिनुभएको छ ।’ हिजै निवार्चन आयोगले फागुन ८ भित्रै निर्वाचनको मिति तोकिए मात्र जेठमा निर्वाचन गर्न सकिने कुरा उल्लेख गरेको थियो । माघ २३मा आयोगले सरकारलाई पठाएको कार्यतालिकामा पनि फागुन पहिलो साता मिति घोषणा गर्नुपर्ने उल्लेख छ । आयोगले निवार्चन तयारीका लागि करीब १२० दिन लाग्ने अनुमान गरिरहेको छ तर...

Read More

श्रीलङ्कामा अनिकालले सात लाख मानिस प्रभावित

फागुन ३ । श्रीलङ्काका अधिकांश क्षेत्रमा लामो समयसम्म परेको खडेरी र अनिकालका कारण सात लाख नौ हजार जति मानिस प्रभावित भएको यहाँको प्रकोप व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएको छ । डीएमसीका अनुसार उत्तरी श्रीलङ्काका गाम्पाहा, मोनारगाला, कालुटारा र ट्रिङ्कोमालीलगायतका नगर अन्य क्षेत्रका तुलनामा अत्यधिक खडेरी र अनिकालग्रस्त भएका छन् । लामो समयसम्म वर्षा नहुँदा कृषकहरु अत्यन्तै पीडित भएका र कतिपय ग्रामीण इलाकामा खानेपानी समेतको हाहाकार परेको छ । यसअघि संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) को नियमित प्रतिवेदन (कन्ट्रि अपडेट) ले सन् २०१८ मार्च अप्रिलमा मुख्य खाद्यान्न बाली नभित्रिएसम्म यस वर्ष श्रीलङ्कामा खाद्यान्नको हाहाकार मच्चिने तथा खाद्य तथा...

Read More