Author: Himalaya Post

शिक्षण पेसासँगै बाख्रापालन

फागुन ५ । लामो समयदेखि निजीस्तरको विद्यालयमा अध्यापन गर्दै आएका लक्ष्मिनियाँ–४, महात्तरीका ३६ वर्षीय विनोदकुमार यादवले पछिल्लो समय बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । दुई दशकदेखि शिक्षण पेसामा आबद्ध यादवले गौशाला नगरपालिका–४ नवराजपुरमा बाख्रापालन फारम सञ्चालन गरेका छन् । उनले स्थानीय फूलबाबु यादवसँगको सहकार्यमा रु आठ लाखको लागतमा सो बाख्रापालन फारम सञ्चालनमा ल्याएका हुन् । रु तीन लाखमा २५ वटा उन्नत जातका बाख्रा खरिद गरी फाराम सञ्चालन गरेको उनले बताए । दुई वर्षको अवधिमा ३० वटा खसी बिक्री गरी  तीन लाख आम्दानी गर्न सफल भएको उनको भनाइ छ । हाल फारममा ८० वटा खसीबाख्रा रहेका छन् । उनले...

Read More

जुम्लामा गाडी दुर्घटना, चालकसहित तीनको मृत्यु

फागुन ५ । जुम्ला बड्की–२ दियारगाउँ सिंजास्थित कोटिला भिरमा आज बिहान सामान बोकेको गाडी दुर्घटना हुँदा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया मैनापोखरीका गाडी चालक तीर्थराम थारु तथा मुगु–४ कालै गाउँका रङ्गबहादुर शाही र गङ्गा शाही रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका तर नाम नखुलेका सहचालकलाई उपचारका लागि एम्बुलेन्समा जुम्लाको खलङ्गा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक विष्णुगुरु काफ्लेले जानकारी दिए। नेपालगन्जदेखि मुगुतर्फ गइरहेको ना ६ ख ९३७२ नं को स्वराज नामक सो गाडी सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएकोे थियो । सामान बोकेको उक्त गाडीमा तीन पुरुष र...

Read More

पशुपतिमा महाशिवरात्रिको तयारीका लागि उपसमिति गठन

काठमाडौँ, फागुन ५ । पशुपतिमा यस वर्षको महाशिवरात्रिको तयारीका लागि नौ उपसमिति गठन गरिएको छ । पशुपति क्षेत्र विकास कोषअन्तर्गत आवास तथा भोजन, स्वयम्सेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त तथा धार्मिक र अर्थ उपसमिति गठन गरी तयारी सुरु गरिएको सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए । विगत वर्षमा मूल समारोह समिति गठन गर्ने गरिए पनि यस वर्ष कोषले मुख्य व्यवस्थापनको काम गर्ने गरी उपसमिति गठन गरेका छ । महाशिवरात्रिका लागि देशका विभिन्न भाग र भारतबाट समेत माघ २७ गतेदेखि नै साधुसन्त आउन थालेका छन् । यस वर्ष १३ लाख भक्तजनले पूजा एवम् दर्शन गर्न...

Read More

कुपोषणका कारण नाबालकको मृत्यु

फागुन ५ । कुपोषणका कारण जाजरकोटमा एक नाबालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट पजारु–९ का १४ महिने नाबालक अनेगत नेपाली रहेको स्थानीय स्वास्थ्य संस्थाका वरिष्ठ अहेब पे्रमबहादुर शाहीले जानकारी दिए  । चौध महिनाका बालकको तौल पाँच केजी रहेकोमा उपचारका लागि रकम जुटाएर सदरमुकाम खलङ्गा लग्ने तयारी गर्दै गर्दा बुधबार बेलुकी उनको मृत्यु भएको स्थानीयवासी गोपाल गिरीले बताए । आमा हिरा नेपाली र बाबु कर्णबहादुर नेपालीका पहिलो सन्तानका रुपमा रहेका अनेगत कुपोषित भएको खबर सुन्नेबित्तिकै सुआहाराका प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्थानीयवासीको पहलमा ती बालकको उद्धारको तयारी भएको केही घन्टामै मृत्यु भएको गिरीले बताएका छन् । कुपोषणका कारण...

Read More

राप्रपाका ५० प्रतिशत महाअधिवेशन प्रतिनिधि काठमाडौँ आइपुगे

काठमाडौँ, फागुन ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनका लागि देशका विभिन्न स्थानबाट काठमाडौँमा ५० प्रतिशतभन्दा बढी प्रतिनिधि आइसकेका छन् । देशका विभिन्न स्थान तथा प्रवासबाट समेत महाधिवेशनमा सहभागी हुन प्रतिनिधि आउँदैछन् । देशभरबाट तीनहजार तीनसय १५ प्रतिनिधि छनोट भएका छन् । धुम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले पार्टीका नेता तथा कार्यकर्ताको चहलपहल बढेको छ । पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीले महाधिवेशनका लागि प्रतिनिधि छनौट कार्य सम्पन्न भइसकेको र आयोजनाको कार्य सुरु भइरहेको जानकारी दिए । प्रतिनिधिको नाम, छनौट स्थान तथा तह अनुसारको परिचयपत्र बनाउने कार्य सम्पन्न भइसकेको पार्टीले जनाएको छ । पार्टीको विधान, राजनीतिक दस्ताबेज र आर्थिक कार्यपत्र...

Read More