Author: Himalaya Post

बैतडीमा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध

फागुन ४ । बैतडी जिल्लाको कुवाकोटमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका करिब एक दर्जन गाविसका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् । कुवाकोट– ३ मा रहेको नेपाल टेलकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका अधिकांश गाविसमा जिएसएम नमस्ते सेवा अवरुद्ध भएको हाट स्वास्थ्य चौकीका प्रमुख विनोद कुँबरले जानकारी दिए । विगत एक महिनादेखि घाम लागेको समयमा लाइन आउने साँझ बिहान मोबाइल सेवा अवरुद्ध हुने गर्दछ, उनले भने “बादल लागेको दिन त फोनै लाग्दैन।”  हाटमा एक महिनादेखि मोबाइलमा लाइन आउने जाने क्रम चलेपछि आफु  हैरान भएको कुवाकोटका रामप्रसाद पन्तले गुनासो गरे । टेलिकमलाई टावर मर्मतको लागि आग्रह गर्दा समेत...

Read More

डडेल्धुरामा जीप दुर्घटना, ६ जनाको मृत्यु

फागुन, ४ । भागेश्वर गाविससबाट सदरमुकामतर्फ आउँदै गरेको से१ज ८३३ नं को जीप आज दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । अमरगढी नगरपालिका– ३ ठूलोखोला नजिक उक्त जीप दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा परेर पाँच जनाको घट्नास्थलमा तथा एक जनाको उपचारका क्रममा उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएको हो । परिचय नखुलेकाले मृतकको सनाखत हुन सकेको छैन...

Read More

जुम्लामा मानसिक रोगीको सङ्ख्या बढ्दै

फागुन ४ । विभिन्न कारणले गर्दा जुम्लामा मानसिक रोगीको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । सन् २०१४ मा ७८ जना मानसिक रोगी देखिएकामा सन् २०१६ मा सो सङ्ख्या बढेर २१६ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासँगको समन्वयमा बहुसांस्कृतिक मनोसामाजिक संस्थाले गरेको सर्वेक्षण अनुसार पछिल्लो समयमा मानसिक रोगीको सङ्ख्या बढ्दै गएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अनुप मङ्गल समालका अनुसार समाजमा कोहीसँग नखुल्ने, माया साट्न नसक्ने, सामाजिक रुपमा तिरस्कृत हुँदै जानुले मानसिक रोगीको सङ्ख्या बढेको हो । “यसबाट महिला र किशोरी बढी जोखिममा परेका छन्,” उनले भने । “तन्नेरीले काम नगर्ने, नशा सेवन गर्ने, मादक...

Read More

फागुन १४ मै स्ववियु निर्वाचनका लागि सहयोग गर्ने शीर्ष नेताको प्रतिबद्धता

काठमाडौँ, फागुन ४ । फागुन १४ मै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गराउने विषयमा प्रमुख तीन दलका शीर्ष नेता, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी प्रतिनिधिबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँलगायत पदाधिकारी र तीन दल निकटका विद्यार्थी प्रतिनिधिको सहभागिता थियो । छलफलमा प्रधानमन्त्री दाहालले तोकिएको मितिमा स्ववियु निर्वाचन सम्पन्न गराउन सरकारकातर्फबाट सहयोग गरिने प्रतिबद्धता जव्यक्त गरे । “स्ववियु निर्वाचन भएपछि स्थानीय तहको निर्वाचनका लागि पनि मनोवैज्ञानिक प्रभाव पार्छ, यसले देश निर्वाचनतिर जाने वातावरण...

Read More

नेपाल टेलिकमले धरहरा पुनःनिर्माण योजना ल्याउने

काठमाडौँ, फागुन ४ । गत वर्षको भूकम्पले भत्काएको धरहराको पुनःनिर्माण नेपाल सरकार र नेपाल टेलिकमले संयुक्तरुपमा गर्ने भएका छन् । नेपाल टेलिकमका सहप्रवक्ता रोमन अधिकारीले धरहरा पुनःनिर्माणको प्रस्ताव पुरातत्व विभागमा लैजाने गृहकार्य भइरहेको बताउँदै करिब ४२ रोपनी क्षेत्रफलमा पुनःनिर्माण हुने धरहरा परिसरमा पार्किङ सुविधासहितको पार्क, सङ्ग्रहालय, बच्चाका लागि खेल्ने पार्कलगायत निर्माण गरिने गरी प्रस्ताव गर्ने योजना टेलिकमले लिएको जानकारी दिए । करिब रु चार अर्बको लगानीमा धरहरा पुनःनिर्माण हुनेछ । जसमध्ये जनताबाट रु ११ करोड संक्कलन गर्ने र बाँकी रकम टेलिकम आफैँले थप गर्ने सहप्रवक्ता अधिकारीले बताए । यसरी धरहरा पुनःनिर्माण भइसकेपछि कम्तीमा ३० वर्ष आफ्नै स्वामित्वमा हुनुपर्ने र...

Read More