Author: Himalaya Post

साताव्यापी चीन भ्रमण सकेर प्रम स्वदेश फिर्ता, नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको विश्वास

काठमाडौँ, १६ चैत । साता व्यापी चीनभ्रमण सकेर आज स्पदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन सम्बन्धले नयाँ गति र आयाम थपेको बताएका छन् । मित्र राष्ट्र चीन भ्रमण सकेर आज नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले चीन भ्रमणका अवरमा भएका उच्चस्तरीय भेटघाट र छलफलबाट आपसी विश्वास र समझदारी थप सुदृढ भएको बताए । भ्रमणको मुख्य उद्देश्य दुई मुलुकबीचको उच्चस्तरीय तहमा विश्वासको वातावरण तय गर्नुरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने र देशको समग्र विकासका लागि सहयोग समर्थन जुटाउन भ्रमण सफल भएको विश्वास व्यक्त गरे । उनले चीनको हाइनान प्रान्तमा बोआओ...

Read More

चितवन राष्ट्रिय निकुञ्जमा वयस्क भाले गैँडा मृत फेला

चितवन– चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा आज एउटा दुर्लभ गैँडा मृत भेटिएको छ । निकुञ्जका सुचना अधिकारी एबं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार अर्को गैँडासँग जुधेर वयस्क भाले गैँडा मरेको हो । निकुञ्जको पश्चिम क्षेत्रअन्तर्गत ‘टाइगर टप्सको टेन्टेड क्याम्प’ क्षेत्रमा मृत गैँडा फेला परेको अर्यालले जानकारी दिए । दिउँसो करिब १ बजेतिर निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको श्रीजङ्ग गणको गस्ती टोलीले गैँडा मृत फेला पारेपछि निकुञ्जलाई खबर गरेको थियो । आज साँझ गरिएको पोष्टमार्टम रिपोर्टअनुसार गैंडा बिहानतिर मरेको अनुमान गरिएको छ । उनका अनुसार उक्त गैँडाको शरीरमा १९ वटा घाउ लागेको पाइएको छ । अन्दाजी १८-२० वर्षको जस्तो देखिने...

Read More

सहिद गौतमको स्मृतिमा सालिक निर्माण हुने

कञ्चनपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले पुनर्वास नगरपालिकाको आनन्द बजारमा नेपाली भूमि रक्षामा लागिपर्दा भारतीय एसएसबीको गोली लागी ज्यान गुमाएका सहीद गोविन्द गौतमको सालिक निर्माण गर्ने भएको छ । राप्रपा पुनर्वास नगर कमिटीको पहलमा सहीद गौतमको उच्चसम्मान गर्दै सालिक बनाउने निर्णय गरेको हो । राप्रपाले पुनर्वास नगरपालिकाले उपलब्ध गराएको स्थानमा सालिक निर्माण गर्ने छ । राप्रपाका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले सहिद गौतमको सम्मानका साथ सालिक निर्माण गरिने बताए । “राष्ट्रियतालाई पार्टीले मुख्य आदर्शका रुपमा लिएकाले सहादत प्राप्त गर्ने गौतमको स्मृतिमा पार्टीले आफ्नै लगानीमा सालिक निर्माण गर्ने निर्णय गरेको छ”, उनले...

Read More

मनाङका २८ वडामा २८ वटै मतदानस्थल

लमजुङ– हिमाली जिल्ला मनाङमा वडैपिच्छे मतदानस्थल सिफारिस भएको छ । चार गाउँपालिका भित्रका २८ वडामा २८ वटै मतदानस्थल सिफारिस गरिएको हो । भौगोलिक विकटतालाई मध्यनजर गरी २८ वटा वडामा वडापिच्छे मतदानस्थलको सिफारिस गरिएको मनाङका जिल्ला निर्वाचन अधिकारी रामप्रसाद पौडेलले बताए। उनका अनुसार २०७० सालको संविधानसभाको निर्वाचनमा १८ वटा मतदानस्थल तोकिएका थिए । ‘प्रत्येक वडामा मतदानस्थल हुनुपर्ने प्रावधानअनुरुप हरेक वडामा मतदानस्थल तोकेका छौं’, उनले भने। निर्वाचन कार्यालय, मनाङकाअनुसार पाँचहजार एकसय २० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । दोस्रो संविधानसभाको निर्वाचनमा चारहजार सातसय ९४ मतदाता थिए । २०६८ सालको जनगणना अनुसार मनाङको जनसङ्ख्या ६ हजार ५३८ रहेको छ...

Read More

जुम्लामा निःशुल्क स्वास्थ्य परीक्षण

जुम्ला– दुर्गमका बिरामीलाई लक्ष्य गरेर सञ्चालन भएको स्वास्थ्य शिविरमा पाँच सय ९० बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । पेस नेपालको स्थानीय आयोजना, जिल्ला स्वास्थ्य कार्यालयको सहआयोजना तथा सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य जाँच गरिएको हो । यही चैत १२–१५ गतेसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सञ्चालित शिविरमा आगोले पोलेका, पैतला फर्किएका र अन्य विभिन्न समस्या भएका ७४ बिरामीको प्लास्टिक सर्जरी गरिएको सुष्मा कोइराला अस्पतालका डेपुटी डाइरेक्टर सन्तोषविक्रम भण्डारीले जानकारी दिए । उनका अनुसार तीन सय ८८ जनाको सामान्य उपचार गरिएको छ । शिविरमा एक सय २८ जटिल बिरामीको सिफारिस गरिएको छ ।...

Read More