Author: Himalaya Post

असोजमा मेलम्चीको पानी नआउने चिन्ता

काठमाडौँ– व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको बैठकमा मेलम्चीको पानी असोजमा काठमाडौँमा आउन नसक्ने चिन्ता प्रकट भएको छ । सांसद मोहनबहादुर बस्नेतले मेलम्चीको मुहानस्थलमा हेडवक्र्सको काम अघि नबढेकाले असोजमा मेलम्चीको पानी काठमाडौँमा नआउने र सो आयोजनाका कामका विषयमा आगामी बैठकमा छलफल गरिनुपर्ने माग गरे । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकादेखि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलसम्म २७.५८ किमी सुरुङ निर्माण गर्नुपर्नेमा हालसम्म २३.२३ किमी सम्पन्न भएको छ । बाँकी साढे चार किमी सुरुङ निर्माण सकी विसं २०७४ असोज मसान्तसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने सरकारको लक्ष्य छ । शोक प्रस्ताव पारित सांसद दुलारी देवीको बिहीबार राति निधन भएपछि आजको बैठकमा सभापति डोरप्रसाद उपाध्यायले शोक प्रस्ताव राखेका...

Read More

सिके राउतलाई थप १० दिन थुनामा राख्न आदेश

सिरहा – राज्यविरुद्ध सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सिके राउत) लाई सिरहा अदालतले आज पाँचौँ पटक थप १० दिन थुनामा राख्न आदेश दिएको छ । गत माघ ५ गते सिरहाको लहानमा आयोजित सभामा देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोपमा धनुषाको जनकपुरबाट पक्राउ परेका राउतलाई पहिलोपटक गत माघ २१ गते १० दिनसम्म थुनामा राख्न आदेश दिएको थियो । यसअघि, सिरहा जिल्ला अदालतले दोस्रोपटक फागुन १ गते १० दिन, तेस्रो पटक फागुन ११ गते १० दिन र चौथोपटक फागुन २१ मा २० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । पाचौँपटक आज चैत ११ गते...

Read More

पर्यटन प्रवद्धनका लागि ‘फेवा नववर्ष महोत्सव’ हुने

पोखरा– चौधौँ फेवा नववर्ष महोत्सव यही चैत २९ गतेदेखि वैशाख २ गतेसम्म पोखराको वैदामस्थित कोमागाने पार्कमा हुने भएको छ । ‘फेवातालको संरक्षण गरौंँ’ नाराका साथ पश्चिमाञ्चल होटल सङ्घ पोखराको आयोजनामा हुन लागेको सो महोत्सवको मुख्य आकर्षण ‘पर्यटन, संस्कृति र खाना रहने आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष एवम् संयोजक विकल तुलाचनले जानकारी दिए। दिन प्रतिदिन प्रदूषित र सङ्कुचित हुँदै गएको फेवातालको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य महोत्सवले लिएको छ । नेपालका मुख्य सहरमा अङ्ग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने महोत्सवको...

Read More

जुजुभाइले यसपटक जिब्रो नछेड्ने, अरू तयार नभए जात्रा नै रोकिने सम्भावना

काठमाडौँ– हरेक वर्ष वैशाख २ गते बिस्केट जात्रामा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा यसवर्ष सङ्कटमा परेको छ। मध्यपुरथिमिको बोडेमा सयौँवर्ष अगाडिदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको जिब्रो छेड्ने जात्रा यसवर्ष सङ्कटमा परेको हो। विगत आठ वर्षदेखि जिब्रो छेड्दै आएका ३८ वर्षका जुजुभाइ बाग श्रेष्ठले यसवर्ष आफूले जात्रालाई निरन्तरता दिन नसक्ने बताएका छन्। उनले भने– ‘विगत आठ वर्षदेखि मैले जिब्रो छेड्दै आएको हुँ, यसवर्ष भने मैले यो जात्रालाई निरन्तरता दिन सकिन, मैले यसवर्ष जिब्रो नछेड्ने निर्णय गरे, अब बोडेका अरु व्यक्ति जिब्रो छेड्न तयार हुनुपर्छ ।’ विगतका वर्षमा पनि जिब्रो छेड्ने व्यक्ति तयार नहुँदा जात्रालाई निरन्तरता दिएका जुजुभाइले यसवर्ष जिब्रो...

Read More

राजापुर नगरपालिकामा दमकल सेवा सुरु

बर्दिया– बर्दियाको राजापुर नगरपालिकामा दमकल सेवा सुरु भएको छ । यो सेवा सुरु भएपछि राजापुर र आसपासका क्षेत्रका स्थानीयवासी खुसी भएका छन् । नेपाल सरकारबाट प्राप्त रु ६० लाख अनुदानबाट दमकल खरिद भई आएको राजापुर नगरपालिकाका कार्यकारी अधिकृत भेषराज खनालले जानकारी दिए। अब यो सेवा सञ्चालन भएपछि राजापुरलगायत वरपरका जनतालाई आगलागीबाट हुने नोक्सान तथा ठूलो क्षतिबाट बच्न टेवा पुर्याउने उनले बताए । उनले हालका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको आवश्यक समन्वयबाट सञ्चालन गरिने भएको र आवश्यक जनशक्तिको चाँडै नै व्यवस्थापन मिलाउने भएको बताए । राजापुर क्षेत्रमा विगत केलाउने हो भने आगलागीबाट ठूलो क्षति हुने गरेको पाइन्छ । विशेषगरी चैत...

Read More