Author: Himalaya Post

एक हप्तादेखि शिक्षक बेपत्ता

उदयपुर– उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाटस्थित बोक्से स्थायी घर भई त्रियुगा नगरपालिका–७ असारीको जनता निम्नमाध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक जयबहादुर राई एक हप्तादेखि घरबाट बेपत्ता भएका छन् । जनता निमावि असारीकै शिक्षक केशव घिमिरेका अनुसार एक हप्ताअघि छोराको विवाह सम्पन्न भएपछि घरबाट अचानक बेपत्ता भएका शिक्षक राईको विद्यालय, परिवार र घरपरिवारले समेत व्यापक खोजी कार्य जारी राखेको तर अहिलेसम्म फेला पार्न नसकिएको शिक्षक घिमिरेले बताए । यसका लागि जिल्ला प्रहरी कार्यालयमा समेत निवेदन दिएको र प्रहरीले समेत खोजी कार्य जारी रहेको बताएको छ । शिक्षक घिमिरेले राईको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भने “पन्ध्र दिनअगाडि देखि नै शिक्षक राईले...

Read More

निधिलाई नै गृहमन्त्रीमा फर्काउने यस्तो छ तयारी

काठमाडौँ– प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोगको विषयलाई लिएर टाढिएका कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच एक घण्टा लामो संवाद भएको छ। बुधबार साँझ पार्टी कार्यालयमा सभापति देउवा र निधिबीच झण्डै एक घण्टा कुरा भएको पछिल्लो केही दिनदेखि दुबैलाई एकठाँउ ल्याउन निरन्तर प्रयास गरिरहेका एक कांग्रेस नेताले बताए। ‘दुई जनाको भेटपछि आपसमा देखिएको विवाद र असमझदारी हटाउने र लामो समयदेखि दुई जनाबीच कायम सहयात्रालाई बलियो बनाएर लैजाने सहामति भएको छ,’ ती नेताले भने, ‘हिजो साँझको भेट पछि दुबै नेताबीच ‘मन माझामाझ’ भएको छ’। कांग्रेस–माओवादी गठबन्धन निर्माणदेखि संविधान संशोधन प्रक्रियामा असन्तुष्ट मधेसी मोर्चालाई सहमतिमा ल्याउन...

Read More

उम्मेदवारलाई नोट होइन, भोट दिनुहोस् : प्रमुख आयुक्त यादव

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको पहिलो चरणको निर्वाचनको उम्मेदवारी मनोनयनपछि निर्वाचनको वातावरण फागुपूर्णिमा पर्वजस्तो रङ्गीचङ्गी र उत्साहित बनेको बताएका छन् । बहिरा नागरिकका लागि स्थानीय निर्वाचनसम्बन्धी आज आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा उनले मङ्गलबारको मनोनयनपछि आज बिहानदेखि नै उम्मेदवारहरू निकै उत्साहपूर्वक र खुसीयालीका साथ झन्डा र चुनाव चिह्नसहित निर्वाचन प्रचारप्रसारमा जुटिसकेको जानकारी दिए । सामाजिक र सांस्कृतिक रुपमा मिलेर बसेको हाम्रो समाजमा निर्वाचन प्रचारप्रसारको क्रममा एक अर्कामा होच्याउने र अवहेलना गर्ने कार्य नगर्न सबै उम्मेदवार र राजनीतिक दललाई आग्रह गर्दे उनले भने– “उम्मेदवारी दर्ता गर्नुअघि भगवानसँग आशिर्वाद लिएर जानुभएको छ, अब उहाँहरुले कानुनको बर्खिलाप गर्नुहुन्छ भने...

Read More

काठमाडौँ जिल्लामा उत्साहपूर्वक उम्मेदवारी दर्ता

काठमाडौँ– यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि मुलुकको राजधानी काठमाडौँ जिल्लामा विभिन्न दल र स्वतन्त्र उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले आज बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता तालिका सार्वजनिक गरेको थियो। झन्डै दुई दशकपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । काठमाडौँमा जिल्लामा नगर प्रमुख, उपप्रमुख र सदस्य गरी निर्वाचन हुने जम्मा ७१२ पदमा विभिन्न दल तथा स्वतन्त्र गरी हजारौँको उम्मेदवारी...

Read More

अख्तियार प्रमुखमा दीप बस्न्यात सिफरिस

काठमाडौँ– संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातको नाम सिफारिस गरेको छ । परिषद्ले अख्तियारमा कार्यवाहक प्रमुख आयुक्त रहेका बस्न्यातको नाम संसदीय सुनुवाईका लागि पठाउने निर्णय गरेको हो । आफ्नो नाम सिफारिसपछि कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले अख्तियारको कामकारबाहीलाई सन्तुलितका साथै प्रभावकारी बनाउने प्रतिक्रिया दिए । ‘म अख्तियारमा परिचित नै छु, मेरो पदावधि पनि लामो समयको हैन’बस्न्यातले भने, ‘योजना बनाउने र होहल्ला गर्ने भन्दा पनि काम गरेरै देखाउनुपर्ने अवस्था आएको छ ।’ उनले अख्तियारको गिरेको साख उचो बनाउन प्रयत्न गर्ने र त्यसक्रममा सामूहिक कार्यप्रणाली अपनाउने प्रतिबद्धता जनाए...

Read More