काठमाडौँ– सहकारी प्रकरणमा संसदीय छानविनको माग गर्दै कांग्रेसले गरेको विरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ ।


ADVERTISEMENT


शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक सुरु हुनेबितिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका बिषयहरुलाई अघि बढाउन पटक पटक आग्रह गरेका थिए ।


ADVERTISEMENT

# # #


उनले नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको भन्दै वस्न आग्रह गरेपनि कांग्रेस सांसदहरुले अस्वीकार गरेका थिए ।

कांग्रेस सांसदहरुले लगातार उठेर विरोध गरेपछि सभामुखले जेठ १३ गते बस्ने गरि बैठक स्थगित गरेका छन् ।