Author: Himalaya Post

कमलरी मञ्चकी अध्यक्षद्वारा आत्महत्या

गुलरिया, बर्दिया– मुक्त कमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सिर्जना चौधरीले बुधबार राति करिब ८ बजेतिर आत्महत्या गरेकी छिन् । बबई नगरपालिका–१० की स्थायी बासिन्दा चौधरीले आफू डेरा गरी बसेको गुलरिया नगरपालिका–६ स्थित कोठामा आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरत बोहराले जानकारी दिए । चौधरीले के कारण आत्महत्या गरेकी हुन् भन्ने विषयमा प्रहरीबाट अनुसन्धान भइरहेको छ । यसैबीच, बारबर्दिया–९ दक्षिणटोलमा जुवा खेलिरहेका आठ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मोतीपुर बाँसगढीबाट खटिएको टोलीले उनीहरुबाट ५७ हजार ८४५ रुपैयाँ नगद समेत बरामद गरेको छ...

Read More

निर्वाचनमा आर्थिक अनुशासन कायम गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह

हेटौँडा– प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आर्थिक अनुशासनको परिधिभित्र रहेर निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् । धनुषा र महोत्तरी जिल्लामा स्थानीय तहको निर्वाचनका लागि खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई बुधबार यहाँ सम्बोधन गर्दै उनले निर्वाचन प्रयोजनका लागि आवश्यक जनशक्ति परिचालन गर्दा जिल्लाभित्रका कर्मचारीलाई प्राथमिकता दिन सुझाव दिए । निर्वाचनको सुुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सुरक्षा निकायको समन्वयमा कर्मचारीको सुरक्षा प्रबन्ध गरिएको जानकारी पनि उनले दिए । तराईका जिल्लाका मतदान केन्द्रमा महिलाका लागि छुट्टै मतदान केन्द्र सञ्चालन गर्न पनि उनले निर्देशन दिए । धनुषा र महोत्तरी जिल्लामा खटिने ३२ जना निर्वाचन अधिकृतलाई निर्वाचन सञ्चालन र व्यवस्थापनबारे...

Read More

सगरमाथाको आधारशिविरमा सङ्कलन हुने मलमूत्रबाट ग्यास निकालिने

सोलुखुम्बु– सगरमाथा आधारशिविरमा सङ्कलन हुने दिसापिसाबबाट ग्यास उत्पादन गरिने भएको छ । अघिल्ला वर्षमा पाँच हजार तीन सय मिटर उचाइमा रहेको आधारशिविरबाट सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले मानिसको मलमूत्र सङ्कलन गरी पाँच हजार १६४ मिटरको उचाइमा रहेको गोरपशेपमा ल्याएर गाड्ने गरेको थियो, तर त्यहाँ पनि फोहोरको मात्रा बढेपछि अहिले डम्पिङ साइड लोबुचे छेउमा सारिएको छ । त्यहाँ पनि समस्या बढ्न थालेपछि सो मलमूत्रबाट खाना पकाउने ग्यास उत्पादन गर्ने विकल्प खोजिएको एसपीसीसीका अध्यक्ष आङ दोर्जी शेर्पाले बताए । अध्यक्ष शेर्पाकाअनुसार समस्या समाधानका लागि समितिले सियाटल विश्वविद्यालय (अमेरिका) र काठमाडौँ विश्वविद्यालय (केयू) को सहकार्यमा सगरमाथा बायोग्यास परियोजनाको नामबाट अनुसन्धान गरेको...

Read More

आइजिपी प्रकाश अर्याल नियुक्तिको कारण देखाउन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौँ– सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक पदमा प्रकाश अर्याललाई बढुवा गर्नुको कारण अगामी वैशाख १५ गतेभित्र लिखित रुपमा जवाफ पेस गर्न सरकारका नाममा आज कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सो आदेश दिएको हो । सो रिटको सुनवाई आगामी वैशाख १९ गतेको पूर्ण इजलासमा हुने आदेश भएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए। प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सरकारले गैरकानुनी रूपमा प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको भन्दै आफूलाई महानिरीक्षक बनाउन माग गरेर मङ्गलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । निवेदनमा सिलवालले आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा पाउने कानुनप्रदत्त हकमाथि आघात सिर्जना...

Read More

आर्थिक समृद्धिको आधार पर्यटन : उपराष्ट्रपति पुन

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्र नै मुख्य आधार भएको बताएका छन् । शिखरपोस्ट मिडियाको तेस्रो वार्षिकोत्सव समारोहमा उपराष्ट्रिपति पुनले पर्यटन प्रवद्र्धन नगरी देशको विकास सम्भव हुन नसक्ने भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका हुन् । विकासका लागि सरकारको मात्र बाटो हेर्न नुहुने भन्दै उनले निजी क्षेत्रले पनि पर्यटन क्षेत्रको विकासको लागि पहल गर्नुपर्ने बताए । राज्यले ध्यान पुर्याउन नसक्दा पनि विकासले गति लिन नसकेको स्वीकार्दै उपराष्ट्रपति पुनले अबको दश वर्षमा मुलुकको मुहार फेर्न सकिने विश्वास व्यक्त गरे । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र रिजालले नेपालको सबै स्थान पर्यटन प्रवद्र्धनको...

Read More