Author: Himalaya Post

जिप्रका सप्तरीद्वारा राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश

काठमाडौँ, फागुन २४ । प्रहरीको गोली लागेर तीन कार्यकर्ताको मृत्यु भएपछि मधेश बन्दको आहृवान गरेको मधेसी मोर्चाको आन्दोलन उग्र बन्दै जाँदा सप्तरी प्रशासनले सदरमुकाम राजविजबिराजमा कर्फ्यु आदेश जारी गरेको छ । अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र त्यस आसपासका आन्दोलन प्रभावित क्षेत्रमा कर्फ्यु लगाएको हो । आक्रोशित मोर्चाका कार्यकर्ताहरुले सरकारी कार्यालय तोडफोड र आगजानी तीव्र बनाएपछि परिस्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनक कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार हिजोबाट सुरु भएको तनाव आज दिउँसो झनै जटील बन्दै गएपछि कर्फ्यु आदेश जारी गर्नुपरेको हो । मधेशी मोर्चा आवद्ध...

Read More

मोर्चाद्वारा दुई दिन मधेश बन्दको घोषणा

विराटनगर, २४ फागुन । सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेशमा २ दिन बन्दको घोषणा गरेको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधन बिहानैदेखि सडकमा गुडेका छैनन् । यसका साथै शिक्षण संस्थामा अध्ययनअध्यापन ठप्प भएका छन् । बन्दको प्रभाव विराटनगर बजारमा पनि देखिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बन्द शान्तिपूर्ण रहेको र अहिले कुनै अप्रिय घटना नभएको तथा छिटपुट रुपमा हल्का सवारी साधन गुडिरहेको जनाएको छ । सिरहा बन्द मोर्चाले आह्वान गरेको मधेस बन्दका कारण आज बिहानैदेखि सिरहा र सप्तरीको जनजीवन प्रभावित भएको छ । नेकपा (एमाले)को मेची–महाकाली अभियान अन्तर्गतसोमबार सप्तरीमा कार्यक्रम गर्ने...

Read More

मोर्चा कार्यकर्ताले गरे गृहमन्त्री निधिको राजीनामा माग

काठमाडौँ, फागुन २४ । प्रहरीको गोली लागेर सप्तरीमा तीन कार्यकर्ताको मृत्यु भएपछि त्यसको बिरोधमा मधेसी मोर्चाले आहृवान गरेको मधेस बन्दले मध्य तराईको जनजीवन प्रभावित बनेको छ । मध्य तराईका बिभिन्न शहरमा मोर्चा कार्यकर्ताले भाटासहित जुलुस निकालेका छन् भने केहि सवारीमा पनि तोडफोड गरेका छन् । मुख्य चोकमा टायर बालेर प्रदर्शनमा उत्रिएका आक्रोशित आन्दोलनकारी उग्र बन्दै गइरहेका छन् । बन्दका कारण धनुषाको जनकपुर, ढल्केवर क्षेत्रमा मोर्चा कार्यकर्ताको बाक्लो उपस्थिति देखिन्छ भने सवारीसाधन तथा पसल बजार बन्द गरिएको छ । आन्दोलनकारीहरुले एमाले अध्यक्ष केपी ओलीलाई कडा कारबाही र गृहमन्त्री बिमलेन्द्र निधिको राजीनामाको माग गर्दै नाराबाजी गरेका छन् । मोर्चा कार्यकर्ताले जनकपुरको...

Read More

मोर्चाद्वारा एमालेको पार्टी कार्यालयमा आगजनी, मानवअधिकार आयोगको गाडी तोडफोड

काठमाडौँ, फागुन २४ । मधेशी मोर्चा आवद्ध दलका कार्यकर्ताले सिरहाको लहानस्थित एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । लहानको मुख्य चोकमा रहेको एमाले सिरहा क्षेत्र नं. १ को क्षेत्रीय समिति र लहान नगर समितिको संयुक्त कार्यालयमा मोर्चा कार्यकर्ताले आगजनी गरेका हुन् । विहान ११ बजेतिर मोर्चाका कार्यकर्ताहरुले पार्टी कार्यालयबाट कागजपत्र, फर्निचर लगायत सामान सडकमा निकालेर आगजनी गरेको हाम्रा सहकर्मीले जनाएका छन् । आगजनीबाट कागजपत्र, फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यसैबीच, प्रदर्शनकारीले सप्तरीको राजविराजमा राष्ट्रिय मानवअधिकार आयोग जनकपुर क्षेत्रिय कार्यालयको गाडीमाथि तोडफोड गरेका छन् । सप्तरीमा तीन जनाको ज्यान जाने गरी हिजो भएको घटनाको अनुगमनका...

Read More

राजविराजमा गोली सशस्त्रले चलाएको हो : नेपाल प्रहरी

काठमाडौँ, फागुन २४ । सप्तरीको राजविराजमा सोमबार भएको झडपमा आफूले नभइ सशस्त्र प्रहरीले गोली चलाएको प्रारम्भीक जानकारी नेपाल प्रहरीले प्रधानमन्त्रीलाई गराएको छ। बालुवाटार स्रोतका अनुसार राजविराजमा तीन जनाको ज्यान जाने गरी भएको प्रहरी फायरिङ आफ्नो संगठनले नखोलेको र त्यसको थप अध्ययन भइरहेको नेपाल प्रहरीले जानकारी गराएको हो। प्रहरी प्रधान कार्यालय स्रोतले पनि फायरिङ नेपाल प्रहरीले नभई सशस्त्र प्रहरीले खोलेको रिपोर्टिङ फिल्डबाट आएको बताएको छ।‘फिल्डको विस्तृत घटना प्रतिवेदन आज साँझसम्ममा आइपुग्छ। त्यसपछि घटना के कसरी भएको हो हामी यकिनका साथ भन्न सक्छौ,’ नेपाल प्रहरी स्रोतले भन्यो। राजविराज घटनाबारे छलफल गर्न प्रधानमन्त्रीले गृहमन्त्रीसहित सप्तरीका सिडियो र एसपीलाई बोलाइसकेका छन्। झडपपछि बोल्दै...

Read More