Author: Himalaya Post

राष्ट्रपति भण्डारी पाँच दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ– भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका लागि आज नयाँदिल्लीतर्फ प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् संवैधानिक निकायका प्रमुखलगायतले बिदाइ गरे । राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सांसद, राष्ट्रपति कार्यालयका विज्ञ सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहेको छ । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएकोे थियो । सो राजकीय भ्रमणको पहिलो दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अघि नै भारत भ्रमणमा जाने भनिएपनि विविध कारणले पटक/पटक उनको भ्रमण...

Read More

तोकिएकै मितिमा निर्वाचन हुन्छ : उपप्रधानमन्त्री थापा

भीमदत्तनगर– उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनेमा शङ्का नगर्न आग्रह गरेका छन् । आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा नगरपालिका र गाउँपालिकाका कार्यकारी अधिकृतहरुलाई आवश्यक निर्देशन दिँदै उपप्रधान तथा स्थानीय विकासमन्त्री थापाले निर्वाचनको तयारीमा दु्रत गतिमा जुट्न निर्देशनसमेत दिए । जिल्ला समन्वय समितिमा आयोजना भएको उक्त कार्यक्रममा बोल्दै जनशक्ति अभाव हुँदाहुँदै पनि कर्मचारीहरुले काम गरिरहेको बताउँदै उनले छिट्टै नयाँ संरचनाअनुसार कर्मचारी व्यवस्थापन गर्ने बताए। “जनताको काममा सशक्त ढङ्गबाट जुट्नहोस्” – मन्त्री थापाले भने। निर्देशन कार्यक्रममा कञ्चनपुरका सात नगरपालिका र दुईवटा गाउँपालिकाका कार्यकारी प्रमुखहरुको उपस्थिति रहेको जिल्ला समन्वय समितिको कार्यालय, कञ्चनपुरका कार्यकारी सचिव प्रेम बोगटीले जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्न उपप्रधान तथा स्थानीय विकासमन्त्री थापासहित राप्रपाको पार्टी नेतृत्व भीमदत्तनगर आइपुगेको छ...

Read More

मोर्चाले आन्दोलनको घोषणा गर्नु आश्चर्यजनकः मन्त्री नायक

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले मधेसी मोर्चाले सरकारसँगको छलफलमा सहमति जनाउने तर बाहिर भने आन्दोलनको घोषणा गरेर नाटकीय चरित्र देखाएको आरोप लगाएका छन् । आज आयोजित अन्तक्रियामा उनले भने, “मोर्चाको विचार नाटकीय रुपमा बाहिर आएको छ । सरकार मोर्चाको मागको हदैसम्म लचकता अपनाएर सम्बोधन गर्न लागिपरेको बेला मोर्चाले आन्दोलनको घोषणा गर्नु आश्चर्यनजक छ ।” तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्दै मन्त्री नायकले संसदमा दर्ता भएको दोस्रो संविधान संशोधन प्रस्तावमा मोर्चाले नै उठाएका सबै माग समेटिएकाले अपुग भएका कुरा छलफलमा बसेर टुङ्गो लगाई निर्वाचनमा जानुपर्ने बताए । “सरकार यतिसम्म लचक भएको छ कि...

Read More

बेगनास तालमा पम्प स्टोरज गरेर तीन सय मेघावाट विद्युत् उत्पादन गरिने

रमेश लम्साल, काठमाडौँ– नेपालमा पहिलो पटक पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिमा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्ने योजना अगाडि सारेको हो । पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी पुनःबिजुलीकै सहयताले माथितानी पुनः विद्युत् उत्पादन गर्ने गरिन्छ । छिमकी राष्ट्र चीनमा यस प्रकारका आयोजना बढी सञ्चालनमा छन् । लेखनाथको सुन्दरडाँडास्थित बेगनासको पानी रुपा तालमा खसालेर करिब एक सयदेखि तीन सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । बेगनास माथिल्लो र रुपा तल्लो तहमा पर्छ । विद्युत्को अध्याधिक माग...

Read More

सडक अनुशासन कायम गर्न फुटपाथका पसल हटाइँदै

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक अनुशासनलाई कडाइका साथ लागू गर्न फुटपाथका पसल हटाउने कार्यलाई तीव्रता दिएको छ । सडकबाट मानिस हिँड्दा धेरै दुर्घटना भएकाले फुटपाथबाट हिँडाउन महाशाखाले काठमाडौँ महानगरपालिकासँग मिलेर पसल हटाउन लागेको हो । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले ट्राफिक प्रहरी, नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाको सहयोगमा चैत २८ गतेदेखि फुटपाथ हटाउन थालिएको बताए। उनले सडक सुरक्षाका लागि एक महिनासम्म जनचेतना जगाउने र उल्लङ्घन गरे कानुनी कारबाही गर्ने स्पष्ट पारे। यस्तै, महाशाखाले वैशाख १ गतेदेखि हर्न बजाउन निषेध गरेपछि सवारी चालक सजग भएर सवारी चलाउन थालेको र यसबाट दुर्घटनामा कमी आएको जनाएको छ ।...

Read More