Author: Himalaya Post

राप्रपाका उम्मेदवार मृत अवस्थामा फेला

बनेपा– काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृत अवस्थामा फेला परेका छन् । धुलिखेल नगरपालिका–१२ निवासी वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङ आफ्नै घरमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए। “कसरी मृत्यु भएको हो, घटनाको विस्तृत अनुसन्धान थालेका छौँ”, प्रनाउ राईले भने...

Read More

नमुना सहर फिदिममा भ्यू टावर निर्माण गरिने

पाँचथर – आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्य राखेर पाँचथरको फिदिम नगरपालिका–२ स्थित रमितेडाँडामा भ्यू टावर निर्माण गरिने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएका दश नमुना सहरमध्ये सदरमुकाम फिदिम पनि एक भएकाले गुरुयोजना बनाएर नयाँ सहरको कार्यालयले भ्यू टावर निर्माण गर्न लागेको हो । भ्यू टावरको निर्माण कार्य यस आर्थिक वर्ष २०७३÷७४ बाट सुरु हुने नयाँ सहर कार्यालयका कार्यालय प्रमुख दिनेश पोटेले जानकारी दिनुभयो । यस वर्ष भ्यू टावर निर्माणका लागि रु १४ लाखसमेत विनियोजन भइसकेको उनले बताए । भ्यू टावर निर्माण हुनेभएपछि स्थानीयवासीले ६ रोपनी जग्गासमेत रजिस्ट्रेसन पास गरिदिइसकेका छन् । यस ठाउँमा भ्यू टावर निर्माण भएपछि...

Read More

देशको समृद्धिका लागि मतदान : महामन्त्री कोइराला

नवलपरासी– नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले देशको चौतर्फी समृद्धिका लागि स्थानिय तहका निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला नवलपरासीमा रहनुभएका कोइरालाले पार्टीको प्रचार प्रसार अभियानलाई बुधबार विभिन्न स्थानमा सम्बोधन गर्दै यस्तो विचार राखेका हुन् । सो अवसरमा कोइरालाले नेपाली काँग्रेसको विजय सुनिश्चित भइसकेको बताउँदै तीव्र विकास र समृद्धिका लागि काँग्रेसलाई जिताउन मतदातालाई आग्रह गरे । संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली काँग्रेसलाई अब सो संविधानको उचित कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनमार्फत सोको जिम्मेबारी नेपाली जनतामार्फत नेपाली काँग्रेसको काँधमा आउने विचार...

Read More

एक अर्बको लगानीमा चाउचाउ उद्योग सञ्चालनमा

रुपन्देही– रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मधौलियमा यशोदा फुड्स प्रालि उद्योगले चाउचाउ र चिजबल्स उत्पादन सुरु गरेको छ । दक्षिण एसीयाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य राष्ट्रमा व्यापार विस्तार गर्ने योजनासहित अगाडी बढेको सो उद्योगबाट लाली, करेन्ट, जुप्पी नामक चाउचाउ उत्पादन भइरहेको जनाएको छ । रु एक अर्ब लगानीमा सञ्चालित उक्त उद्योगबाट आठ घन्टामा १० टन चाउचाउ उत्पादन हुने गरेको दाबी उद्योग सञ्चालक चुन्नुप्रसाद पोडेलले जानकारी दिए । सोे उद्योगमा प्रत्यक्ष रुपमा ३५० जना र अप्रत्यक्ष रुपमा एक हजार २२५ जनाले रोजगारी पाएका छन् । स्वदेशी तथा भारत, चीन र सिङ्गापुरबाट कच्चा पदार्थ मगाएर चाउचाउ उत्पादन थालिएको सो उद्योगले जनाएको छ...

Read More

संविधान कार्यान्वयनका लागि काँग्रेसले जित्नुपर्छ : नेता थापा

काठमाडौँ– नेपाली काँग्रेसका नेता गगनकुमार थापाले संविधानको सफल कार्यान्वयन लागि स्थानीय तहको निर्वाचनमा काँग्रेसले जित्नैपर्ने बताएका छन् । काँग्रेसको प्रचारप्रसार उपसमितिले आज नेपाल प्रेस युनियनको कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता थापाले संविधान कार्यान्वयनको दायित्व पनि आफ्नो पार्टीसँग भएकाले काँग्रेस विजयी हुनुपर्ने तर्क गरे । संविधान कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि अहिलेको सत्ता गठबन्धन बनेको प्रसङ्ग उल्लेख गर्दै नेता थापाले भने, “स्थानीय तहको निर्वाचनलाई सफल पार्न सत्ता साझेदार दलसँग कतिपय स्थानमा चुनावी गठबन्धन गरिएको हो ।” अहिलेकै सत्ता गठबन्धनअनुसार सहज रुपमा जेठ पहिलो साता काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने जानकारी गराउँदै नेता थापाले उक्त सरकारले संविधानको समयसीमाभित्र प्रदेश...

Read More