Author: Himalaya Post

आँखाको लेन्स उत्पादन वृद्धि गर्न उद्योग मन्त्रालय र तिलगङ्गा नेत्र विज्ञान प्रतिष्ठानबीच सहमति

काठमाडौँ– उद्योग मन्त्रालयले तिलगङ्गा नेत्र विज्ञान प्रतिष्ठानले उत्पादन गर्दै आएको आँखाको लेन्सको उत्पादन वृद्धि गर्न सघाउने भएको छ । मन्त्रालय र प्रतिष्ठानबीच आज सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । मन्त्रालयका तर्फबाट सहसचिव पुरुषोत्तम नेपाल र प्रतिष्ठानका तर्फबाट आँखा कार्यक्रमका कार्यकारी निर्देशक डा सइन्द्र रुइतले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी सहमतिपत्रमा हस्ताक्षर गरे । सहमतिपत्रमा हस्ताक्षर गरिएपछि उद्योगमन्त्री नवीन्द्रराज जोशीले लेन्सको अन्तर्राष्ट्रिय बजारमा माग देखिएकाले उत्पादन बढाउन सघाउनका लागि सहमति गरिएको जानकारी गराए । उनले लेन्सले राष्ट्रको प्रतिष्ठा बढ्नाका साथै वैदेशिक मुद्रा आर्जनमा समेत खेलेको भूमिकाको सराहना गर्दै लेन्स उद्योगलाई प्रवद्र्धन गर्न सघाउने बताए । “लेन्सको उत्पादनका लागि आवश्यक सहायक...

Read More

राष्ट्रियता र समृद्धिको पक्षमा एमालेको विकल्प छैन – नेता खनाल

काठमाडौँ– नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा राष्ट्रियता र समृद्धिको पक्षमा आफ्नो पार्टी उभिएको बताएका छन् । पार्टीको चुनाव प्रचार कमिटी वडा नं १५ ले स्वयम्भूमा आज आयोजना गरेको कार्यक्रममा नेता खनालले विभिन्न समयमा पार्टीले राष्ट्रियताको रक्षा र जनताको स्वाभिमानलाई उचो राख्न गरेका प्रयत्नले आफ्नो पार्टीको विजय सुनिश्चित रहेको बताए । उनले स्थानीय तहको निर्वाचनप्रति जनतामा देखिएको उत्साहले अब बन्ने स्थानीय सरकारले देशलाई समृद्धितर्फ लैजाने विचार व्यक्त गरे । पार्टीका नेता जीवनराम श्रेष्ठले लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनले देशमा स्थानीय विकास तथा पूर्वाधार निर्माणमा गति लिने विश्वास व्यक्त गर्दै महानगरमा अब एकीकृत बस्ती विकासको खाँचो...

Read More

सर्वाधिक पुरस्कार राशिको एकदिवसीय प्रधानमन्त्री कप हुँदै

काठमाडौँ– सर्वाधिक पुरस्कार राशि भएको एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुनेभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरको व्यवस्थापनमा सो प्रतियोगिता आगामी जेठ ९ गतेबाट सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा पाँच विकास क्षेत्रसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल (एपिएफ)ले प्रतिस्पर्धा गर्ने राखेपका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए। प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछन् । सेमिफाइनल पुग्ने टोलीले रु ५० हजार, म्यान अफ दी सिरिजले रु एक लाख तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले रु ५० हजार पुरस्कार...

Read More

मतदाता बोकेको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

दोलखा– स्थानीय तहको चुनावका लागि मतदाता बोकेर दोलखातर्फ जाँदै गरेको बस विहीवार अपरान्ह सिन्धुपाल्चोकमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेकपा माओवादी केन्द्रले रिजर्भ गरेर लगेको बस लामोसाँघु जिरी सडकखण्डको ३ किलो भन्ने ठाउँमा सडकबाट खसेको थियो । दुर्घटनामा दोलखा लामिडाँडा साविक वडा नम्बर ४ का मुक्तिनाथ घिमिरे र उनकी पत्नी रत्नकुमारी घिमिरेको मृत्यु भएको सिन्धुपाल्चोकका एसपी रविन्द्र केसीले बताएका छन् दुर्घटनामा परि करीव डेढ दर्जन माओवादी कार्यकर्ता र समर्थक घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ भने अन्यलाई काठमाडौं लगिएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मुक्तिनाथको घटनास्थलमै मृत्यु भएको...

Read More

के हो मौन अवधि ? यो समयमा उम्मेद्वारले केके गर्न पाइँदैन ? थाहा पाउनुहोस्

काठमाडौँ – यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरात १२ बजेपछि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न/गराउन पाइँदैन । निर्वाचन हुनु ४८ घन्टा अघि सुरु हुने मौन अवधिले मतदाता, उम्मेदवार, अनुगमनकर्ता र सञ्चारमाध्यमलगायत सबैलाई मतदानमा केन्द्रित गर्न प्रेरित गर्ने यस क्षेत्रका विज्ञको धारणा छ । राजनीतिक दल तथा उम्मेदवारका प्रचारप्रसार मतदानको अन्तिम समयमा आएर कुनै द्वन्द्वमा परिणत नहोस् वा निर्वाचनको मुखमा प्रचार प्रसारमा विकृति नबढोस् भनेर मौन अवधि राख्ने गरिएको आयोगका पूर्व प्रमुख आयुक्त नीलकण्ठ उप्रेती बताउँछन् । पूर्व प्रमुख...

Read More