Author: Himalaya Post

राजपा अध्यक्षमण्डललाई प्रमले भनेः “हामीले भनेको अदालत मान्दैन तर प्रयास गर्छु”

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले मधेस मुद्दा सम्बोधन गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् । आफ्ना निर्णय अदालतले उल्ट्याउने जोखिम भए पनि सक्दो प्रयास गर्ने उनले आश्वासन दिए । ‘मधेस आन्दोनलका क्रममा तपाईंहरूविरुद्ध लागेको मुद्दा फिर्ता, संविधान संशोधन लगायतका माग पूरा गर्छुु राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर, अध्यक्ष मण्डलका नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्रराय यादव र अनिलकुमार झासँग आइतबार भएको भेटमा उनले भने, ‘तपाईंहरूबाट सरकारलाई सहयोग र समर्थनको अपेक्षा गर्नुको कारण संघीयताको कार्यान्वयन नै हो।’ प्रधानमन्त्रीले सरकार गठनका बेला भएका तीन बुँदे सहमति र सात बुँदे मागको कार्यान्वयमा सरकार सकारात्मक रहेको बताए। प्रधानमन्त्रीलाई उद्‍धृत गर्दै स्रोतले भन्यो, ‘म...

Read More

चार वर्षपछि रक्सौल–नरकटियागन्ज रेल पुनः सञ्चालनमा

वीरगंज– चार वर्षदेखि बन्द रहेको रक्सौलदेखि नरकटियागंजसम्म चल्ने रेल आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । कुल ४२ किलोमिटर दुरी रहेको यस रुटमा भारतीय रेल आइतबारबाट औपचारि सञ्चालनमा आएको हो । रेल चल्न थालेपछि सीमावर्ती क्षेत्रका बासिन्दा हर्षित छन् । यातायातमा सहज हुने आशाले उनीहरु खुसी भएका हुन् । आइतबार भारतीय रेलका उच्च अधिकारी एवं सांसद नेताहरुले नरकटियागंज–रक्सौल रेलको उद्घाटन गरेका हुन् । यस रुटमा तत्कालैबाट चारवटा रेल चल्ने जनाइएको छ । रेल छुट्ने कार्यतालिका समेत सार्वजनिक गरिएको छ । जसअनुसार विहान ६ बजे, १० बजे, दिउँसो १ बजे र साँझ साढे ६ बजे रक्सौलबाट चारवटा रेल छुट्ने छन् ।...

Read More

अदालतमा हाजिर भए राज्यमन्त्री शर्मा

महोत्तरी– सशस्त्र प्रहरीका असईको हत्या अभियोग लागेका प्रदेश २ का फरार राज्यमन्त्री अभिराम शर्मा अदालतमा हाजिर भएका छन् । शर्मा सोमबार दिउँसो जिल्ला अदालत, महोत्तरीमा उपस्थित भएका हुन् । उनी असई थमन विकको हत्या प्रकरणका फरार अभियुक्त हुन् । आन्दोलनका क्रममा घाइते भएका विकलाई जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या भएको थियो...

Read More

सिरियाको हतियार भण्डारमा विस्फोट हुँदा ३९ जनाको मृत्यु !

लेबनान– सिरियाको उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा एउटा हतियार भण्डारण केन्द्रमा आइतबार विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु भएको सिरिया युद्ध अनुगमन अधिकारीले बताएका छन् । बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमनकारी निकायले विष्फोटबाट भण्डार रहेको भवन पूर्णरूपमा भत्किएको र भग्नावशेषमा थुप्रै मानिस परेको जनाएको छ । इदलिबको सर्मादा शहरमा भएको विष्फोटको कारण समाचार तयार पार्दासम्म थाहा हुनसकेको अधिकारीले जनाएका छन् । भग्नावशेषलाई हटाउने क्रम जारी रहेकाले मृतकको सङ्ख्यामा केही वृद्धि हुनसक्ने सम्भावना देखिएको अधिकारीहरूले जनाएका छन्...

Read More

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं– प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संविधान कार्यान्वयनका लागि आवश्यक ऐन/कानून निर्माणका लागि विधेयक पेस गर्ने तयारी रहेको छ । असोज २ गतेभित्र मौलिक हक लगायतका विभिन्न ऐन जारी गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ । त्यसै भएर पनि सरकारले १४ वटा विधेयक संसदमा दर्ता गराएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लगातार संसद् अवरुद्ध गरेपछि विधेयकमाथिको छलफल अघि बढ्न सकेको छैन । निशान खड्का हत्या प्रकरण, महँगी लगायतका विषयमा काँग्रेसले आजको बैठकमा पनि प्रश्न उठाउने तयारी गरेको बताइएको छ । सरकारको भने मौलिक हक, नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक लगायत पेस गर्ने तयारी...

Read More