Author: Himalaya Post

स्थानीय तहले बुझाएनन् खर्च विवरण

बैतडी– कुनै पनि स्थानीय तहले कोष तथा लेखा नियन्त्रकको कार्यालयमा खर्च विवरण नबुझाएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय जनाएको छ । उक्त कार्यालयबाट निकासा भएको रकमको खर्च विवरण बुझाए पनि स्थानीयतहले आफ्नो वास्तविक खर्च भने बुझाउन नसकेको उक्त कार्यालयका प्रमुख बासुदेव जोशीले बताएका छन् । साउन मसान्तसम्म स्थानीय तहले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने थियो तर अहिलेसम्म पनि नबुझाएकाले एक हप्ताको समयसँगै फारमको नयाँ ढाचाँ सबै स्थानीय तहलाई दिइएको उनको भनाइ रहेको थियो । कार्यालय प्रमुख जोशीले भने, “सबै स्थानीय तहलाई भदौको पहिलो हप्ताभित्र सबै खर्च विवरण बुझाउन भनिएको छ ।” उक्त जिल्लामा छ गाउँपालिका र चार नगरपालिका गरी...

Read More

पहिरोका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग खुलाउन आग्रह

काठमाडौँ– नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले पहिरोका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग चाँडो खुलाउन सरकारसंग आग्रह गरेको छ । सडक अवरुद्ध हुँदा हजारौँ मालबाहक ट्रक तथा कन्टेनर रोकिएर व्यवसायी मर्कामा परेकाले सो राजमार्ग खुलाउन आग्रह गरिएको महासङ्घका अध्यक्ष नरेश कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “नाका अवरुद्ध भएसँगै चाडवाडका लागि सामान बोकेर आएका हजारौँ ट्रक, कन्टेनर बीच बाटोमा अलपत्र छन्, राजमार्गका कारण अर्बौँ रुपैँया बराबरको सामान नेपाल भित्रिन नसकेकाले व्यवसायी मारमा परेका छन्,” विज्ञप्तिमा भनिएको छ । व्यवसायीले बैँक तथा वित्तीय क्षेत्रबाट चर्को व्याजदरमा रकम लिएर लगानी गरेका ती सामान नेपालमा भित्रिन नसक्दा हजारौँ व्यवसायी ठूलो मर्कामा परेका र कच्चा...

Read More

एकल पुरुषलाई पनि भत्ता !

बैतडी– बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन् । उनले भनिन, “६० बर्ष नाघेका बृद्धहरु समस्यामा परिरहेको गुनासो ब्यापक आउने गरेको छ, त्यसैले नगरकार्यपालिकाबाट ६० बर्षदेखि ७० बर्ष सम्मका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेका हौँ, यसले गर्दा बृद्धहरु खुसि भएका छन् । बृद्धहरुको अवस्था हेर्दा केहिका छोराछोरी हुदैँनन्, कसैका छोराछोरी भएपनि ख्याल खबर गर्दैनन् र यस्ता समस्यामा परेका ब्यक्तिहरु हाम्रो नगरपालिकामा धेरै भएकाले बिदुर भत्ता दिने निर्णय गरेका हौँ, उनले भनिन्, । ७०बर्ष पछि भने...

Read More

त्रिविको मनोमानीः दुई वर्ष अघि पास, अहिले फेल !

काठमाडौं– देशकै जेठो मानिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को मनोमानी निर्णयले सेमेस्टर प्रणालीका सयौं विद्यार्थीको भविष्य अन्योल बन्न पुगेको छ । २०७० सालदेखि त्रिवि किर्तिपुर र केन्द्रीय विभागहरुमा सेमेस्टार सुरु गरेको त्रिविले सेमेस्टर प्रणालीको विषयमा आफू र दाता अनुकुल हुने गरी मनलाग्दी निर्णय गर्दा सयौं विद्यार्थीहरुको भविष्य अन्धकार हुने अवस्थामा पुगेको हो । त्रिविले सेमेस्टर सुरु हुँदा २.७ वा सो भन्दा बढी जिपिए ल्याउनेलाई पास गराउने नीति लागू गरेकोमा पहिलो र दोस्रो ब्याजका विद्यार्थीले चौथो सेमेस्टर अध्ययन समापन गरिसकेपछि अहिले आएर एसजिपिए ३ प्राप्त नगर्ने विद्यार्थीलाई फेल गराई दिएको छ । त्रिविले केही समय अघि भने ३ एसजिपिए भन्दा कम प्राप्त...

Read More

स्थानीय तहमा मनपरीः एम्बुलेन्स छैन, प्रमुख चढ्न लाखौंका गाडी !

काठमाडौं– जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्यकतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो सुविधामा लगानी गरिरहेका छन् । स्थानीय तहको नेतृत्वमा पुग्नासाथ जनप्रतिनिधि आफ्नो सुविधा थप्ने ध्येयमा मात्रै भुलिँदा परिवर्तन अनुभव गर्ने सर्वसाधारणको आशामा तुसारापात भएको छ । प्रदेश १ का अधिकांश पहाडी जिल्लाका गाउँमा अझै पनि भरपर्दो उपचार सुविधा छैन । विशेषज्ञ चिकित्सकको सेवा लिन वा गम्भीर बिरामीलाई अस्पताल भर्ना गर्न सदरमुकाम वा तराई लैजानुपर्ने बाध्यता छ । यस्ता दर्जनौं स्थानीय तह छन्, जहाँ हजारौं नागरिकका लागि आवश्यक पर्ने एम्बुलेन्स कतै छैन । तर वर्ष दिनअघि चुनिएका जनप्रतिनिधिले भने स्थानीय तहको बजेटमा आफ्ना...

Read More