महोत्तरी– औरही नगरपालिका–८ टिमकियाबाट अवैध लागूऔषध गाँजा करिब ५० किलो सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।


ADVERTISEMENT


इलाका प्रहरी कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले एमएच् ४३ एबि ०५६६ नम्बरको कारलाई जाँच गर्ने क्रममा कार नरोकी औरहीतर्फ भागे पश्चात प्रहरीले पिछा गर्दै


ADVERTISEMENT

# # #


जाँदा टिमकियास्थित बाटोमा कार फेला पारी तलासी गर्दा डिक्की र पछाडिको सिट मुनी रहेको उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।