Author: Himalaya Post

वर्षाका कारण काठमाडौं, ललितपुर र भक्तपुरका केही क्षेत्र डुबानमा

काठमाडौं– अबिरल वर्षाका कारण काठमाडौं, ललितपुर र भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । शान्तिनगर, बानेश्वर, बल्खु, टेकुका सुकुम्बासी बस्ती डुबानले बढी प्रभावित भएका छन् । शान्तिनगरका १५–२० घर डुबानमा परेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा विपत व्यवस्थापनको टोली परिचालन गरिएको छ । प्रहरीका अनुसार बल्खुको सुकुम्बारी बस्तीमा दुई–तीन घर डुबेका र पाँच–छ घर जोखिममा परेका छन् । भैंसेपाटीको सपिङ सेन्टर पनि डुबानमा ललितपुरको सैंबु भैंसेपाटीस्थित बिगमार्ट सपिङ सेन्टरमा पनि पानी पसेको छ । स्थानीय प्रहरीको सहयोगमा सपिङ सेन्टरका सामानहरु सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जानकारी दिए । ललितपुरको गोदावरी खोला किनारका केही क्षेत्र पनि...

Read More

बसाइँसरी आउनेलाई पाँच लाखसम्म अनुदान

तेह्रथुम– तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ । गाउँपालिका क्षेत्रमा बसाइँ सरी आएर व्यवसाय गर्नेलाई उनीहरुको व्यावसायिक योजनाका आधारमा रु पाँच लाखसम्म अनुदान उपलब्ध गराउने भएको हो । ग्रामीण क्षेत्रमा सेवा सुविधाको अभाव भन्दै सर्वसाधारणको बसाइँ सरेर जाने क्रमलाई रोक्न गाउँपालिकाले विभिन्न कार्यक्रम बनाएको छ । पूर्वाधार निर्माण, आवश्यक स्रोत साधन परिचालन, खानेपानी व्यवस्थापनलगायत योजनाले बसाइँसराइ रोक्ने गाउँपालिकाले नीति लिएको अध्यक्ष सन्तवीर लिम्बूले बताएका छन् । गाउँपालिकाबाट बसाइँसराइ लिएर गइसकेकालाई पुनः फर्काउने र शहरी क्षेत्रमा निस्किएर व्यवसाय गर्नेलाई लक्षित गरी बसाइँ सरेर आउनेलाई व्यावसायिक अनुदान उपलब्ध गराउने निर्णय भएको अध्यक्ष लिम्बूको...

Read More

अन्तर्राष्ट्रिय फुटबलबाट मारियो गोमेजले लिए सन्यास

एजेन्सी– जर्मनीका स्ट्राइकर मारियो गोमेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ३३ वर्षीय गोमेजले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै आइतबार अन्तर्राष्ट्रिय फुटबलबाट आफूले सन्यास लिएको घोषणा गरेका हुन् । जर्मनी विश्वकपमा समूह चरणबाटै बाहिरिएको जर्मनीका लागि गोमेजजले तीनै खेलमा मौका पाए पाएका थिए तर वैकल्पिक खेलाडीको रुपमा । जर्मन बुन्डेस लिगा क्लबभिएफबी स्टुटगार्टका गोमेजले विश्वकपमा कुनै पनि गोल गरेका थिएनन् । प्रशिक्षक जोचिम लोउसँगको सल्लाहमै आफूले सन्यास लिएको उनले बताएका छन् । ‘सन्यास अघि मैले प्रशिक्षक लोउसँग सल्लाह मागेको थिएँ । हामीबीच राम्रो छलफल भएको थियो,’ गोमेजले फेसबुकमा लेखेका छन्, ‘मेरो लागि रसिया विश्वकप एक सपना थियो । तर,...

Read More

४० किलो अवैध सुपारीसहित एक जना पक्राउ

इनरुवा– जिल्ला प्रहरी कार्यालय सुनसरीले ४० किलो अवैध सुपारीसहित एक जनालाई आइतबार पक्राउ गरेको छ । जिल्लाको देवानगञ्ज गाउँपालिका–४ स्थित हनुमान मन्दिर नजिकबाट नेपालबाट भारततर्फ बा ३९ प १९७५ नम्बरको मोटरसाइकलमा अवैधरुपमा लगिरहेको अवस्थामा सुपारीसहित एक जनालाई पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिएका छन् । नेपालबाट भारततर्फ सुपारी तस्करी भइरहेको छ भने खबरको आधारमा ४० किलो सुपारीसहित देवानगञ्ज–१ का २३ वर्षीय सन्तोषकुमार मेहतालाई पक्राउ गरिएको हो । पक्राउ परेका सुपारी, मोटरसाइकल आवश्यक कारवाहीका लागि सुनसरी भन्सार कार्यालय कोशी ब्यारेज सेतुबन्ध बुझाइएको प्रहरीले जनाएको छ ।...

Read More

प्राकृतिक सौन्दर्यको अनुपम उपहार त्रिधार्मिकस्थल हलेसी

खोटाङ– धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको छ खोटाङको हलेसी । ठूल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । गुफाभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो । हलेसी धार्मिकरुपमा पनि विश्वभर चर्चित छ । जसका कारण वर्षेनी लाखौँ देशीविदेशी तीर्थयात्री हलेसी आउने गर्छन् । नेपालसँगै भारत, चीन, भुटान, जापान, अमेरिकालगायत विभिन्न मुलुकबाट विभिन्न धर्मावलम्बी हलेसी दर्शन तथा अवलोकन गर्न आउने गरेका छन् । हिन्दुधर्मावलम्बीले पूर्वको पशुपतिनाथ, बौद्धधर्मावलम्बीले दोश्रो लुम्बिनी र किराँतीले आदिम भूमि मान्ने हलेसी प्राकृतिक भू–बनोटको आधारमा पनि छुटाउनै नहुने एउटा ठाउँ हो । सडक नपुगेसम्म लामिडाँडा...

Read More