Author: Himalaya Post

नागरिकले महानगरसँग गरेका अपेक्षा पूरा हुनुपर्ने माग

काठमाडौँ– स्थानीय निकाय कर्मचारी सङ्घ काठमाडौँ महानगर एकाइले काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेललाई १७ बुँदे सुझाव एवम् ध्यानाकर्षणपत्र बुझाउँदै महानगरको सार्वजनिक छवि सुधार गर्न नागरिकले महानगरसँग गरेका अपेक्षा पूरा हुनुपर्ने माग गरेको छ । युनियनका अध्यक्ष धर्मराज भट्टराई, नेपाल स्वतन्त्र यातायात मजदुर सङ्घका अध्यक्ष पवन भट्टराई र नेपाल सफाइ श्रमिक सङ्घका अध्यक्ष योगेश केसीले संयुक्त रुपमा हस्ताक्षर गरेको ज्ञापनपत्रमा संस्थागत सुदुढीकरण, सेवा प्रवाह व्यवस्थापन र जनशक्ति व्यवस्थापनलाई आधार बनाई काम गर्न आग्रह गरिएको छ । महत्वपूर्ण निर्णय लिँदा महानगरको व्यवस्थापन तह र क्रियाशील सङ्घसङ्गठनबीच संवाद र सामूहिक छलफलका माध्यमबाट हुनुपर्ने माग पनि गरिएको छ । युनियनले बुझाएको ज्ञापनपत्र...

Read More

स्पिकर्स कर्नरमा नेपाली साहित्यकारको ‘युरेसियाको स्पर्श’ सार्वजनिक

काठमाडौँ– बेलायतको राजधानी लन्डनको ‘स्पिकर्स कर्नर’मा साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह ‘युरेसियाको स्पर्श’ आज सार्वजनिक गरिएको छ । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माले उक्त पुस्तक सार्वजनिक गर्दै आगामी दिनमा प्रकाशनले बेलायती स्रष्टाका कृति प्रकाशन गर्दै जाने जानकारी दिए। उनले साझा प्रकाशन बचाउन बेलायतमा रहेका नेपाली स्रष्टाबाट सहयोगको अपेक्षा पनि गरे। नेपाल–बेलायतको दौत्य सम्बन्ध कायम भएको द्विशतवार्षिकीका अवसरमा नेपाली दूतावास लन्डनमा आयोजित पुस्तक प्रदर्शनीमा साझा प्रकाशनका दुई सय शीर्षकका तीन हजार थान पुस्तक राखिएका छन् । लामो समयदेखि बेलायतमा रहेर कथा, लघुकथा, नियात्रा, कविता आदि विधामा कलम चलाउँदै आएका साहित्यकार बजगाईंको सो सातौं कृति साझा प्रकाशनले बजारमा ल्याएको हो...

Read More

मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार

काठमाडौँ– व्यवस्थापिका–संसद्को आजको बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलले आफूहरुले प्रमुखताका साथ उठान गरेको संविधान संशोधनको माग पूरा नगरिएको जनाउँदै सदनको बैठक बहिष्कार गरेका छन्। सभामुख ओनसरी घर्तीले सदनको आजको बैठक सुरु गर्नासाथ मोर्चामा आबद्ध दलका सांसदहरु आआफ्ना स्थानबाट उठेका थिए। सो क्रममा तराई–मधेस लोकतान्त्रिक पार्टीका जङ्गीलाल यादवले ‘राजनीतिक वातावरण नबनाई सरकारले स्थानीय निर्वाचन घोषणा गरेकाले’ मधेसका जनतामा आक्रोश आएको आरोप लगाए । उनले संविधान संशोधन नगरी स्थानीय निर्वाचन हुन नसक्ने जनाउँदै सहमति र सहकार्यबाट संविधान संशोधन गर्न माग गरे । सांसद यादवले आफ्नो भनाइ समाप्त गरेपछि मधेसी मोर्चामा आबद्ध दलका सांसदहरु सदनको आजको बैठकबाट बाहिरिएका थिए...

Read More

सरकारी स्वामित्वमा रहेको गैंडाछाप सिमेन्टको उत्पादनमा वृद्धि

उदयपुर– पछिल्लो समयमा ऊर्जा आपूर्ति सहज भएसँगै नेपाल सरकारको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादनमा वृद्धि गरेको छ । उद्योग व्यवस्थापनका अनुसार उद्योगले हाल साढे पाँच सयबाट दैनिक सात सय मेट्रिक टन गैंडाछाप सिमेन्ट उत्पादन गर्ने गरेको छ । सिमेन्ट उत्पादनमा वृद्धि हुनाका कारणबारे उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल भन्छन्, “विगतमा उद्योगलाई आवश्यक पर्ने कोइला, विद्युत् र सामग्री ढुवानीमा समस्या हुने गरेको थियो । अहिले त्यस्ता समस्या छैनन् । केही समययता आएर ऊर्जा आपूर्ति सहज हुँदै गएपछि उद्योगले सिमेन्ट उत्पादन क्षमतामा वृद्धि गरेको उद्योग व्यवस्थापनको भनाइ छ । उद्योगको सिमेन्ट उत्पादन गर्ने केही मेसिनको समेत मर्मत गरिएकाले प्रतिदिन सात...

Read More

संसदमा प्रतिनिधित्व गरिरहेका रहेका २६ दललेमात्र आफ्नो चुनाव चिन्ह पाउने, अरु दलको के हुन्छ ? थाहापाउनुस् !

काठमाडौँ– आउँदै गरेको स्थानीय तहमा सहभागी हुनका लागि दोस्रो संविधानसभा निर्वाचनबाट संसद्मा प्रतिनिधित्व गरिरहेका दलहरुले मात्रै आफ्नो अर्थात् यसअघि प्राप्त चुनाव चिन्ह पाउने भएका छन् । आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने १ सय १२ दलमध्ये संसद्मा प्रतिनिधित्व गरी निर्वाचन आयोगमा दर्ता भएका दललाई मात्र उनीहरुले तोकेको चुनाव चिन्ह पाउने निर्वाचन आयुक्त नरेन्द्र दाहालले जानकारी दिए । संसदमा प्रतिनिधित्व गर्ने दलहरुमध्ये निर्वाचन आयोगको मिति २०७२ फागुन २१ गते को निर्णयबाट दल दर्ता खारेज भएको समाजवादी जनता पार्टी र संसदमा प्रतिनिधित्व गर्ने नेपाः राष्ट्रिय पार्टी आयोगमा दर्ता नभएकाले स्थानीय चुनावमा भाग लिन नपाउने बताइएको...

Read More