Author: Himalaya Post

यू-१९ विश्वकप छनोटअघि मलेसियामा नेपालको अभ्यास (फोटोफिचर)

काठमाडौँ – नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिम यतिबेला विश्वकपको एशिया छनोटका लागि मलेसियामा रहेको छ । एशिया छनोटको उपाधी जितेर अर्को वर्ष दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनीको विश्वकपमा स्थान बनाउने लक्ष्यका साथ टिम नेपाल शनिबार मलेसियातर्फ लागेको थियो । प्रतियोगिता अर्को साताबाट सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया, यूएई, सिंगापुर लगायत रहेका छन् । प्रतियोगिताको विजेता टोली अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपका लागि छनौट हुनेछ । नेपाली टोलीमा कप्तान रोहित पौडेलसंगै आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, भिम सार्की, रित गौतम, कमल सिंह ऐरी, राशिद खान, सागर ढकाल रहेका छन् । यस्तै अभिषेक बस्नेत, कुशल मल्ल,...

Read More

अर्घाखाँचीमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ११ जना घाइते

बुटवल – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ८ स्थित नुवाकोट लात्तेबाजमा सोमबार भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । लु १ ज १२२९ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमा २ जनाको र एक जनाको जिल्ला अस्पताल सन्धीखर्कमा गरी ३ जनाको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ । मृत्यू हुनेमा प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षिय मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षिय धनबहादुर राना र सन्धिखर्क नगरपालिका डिर्भनाका ३ वर्षका प्रिन्स श्रेष्ठ रहेका छन् । सदरमुकाम सन्धिखर्कबाट प्युठानको बरौलाका लागि छुटेको गाडी दिउँसो करिब पौने दुई बजे दुर्घटना भएको थियो । दुर्घटनामा ११ जना घाइते भएका छन् । घाईते ९ जनालाई बुटबल रिफर...

Read More

हार्ले डेभिडसन बाइक फेस्ट सम्पन्न

काठमाडौँ – शनिबार काठमाडौंको जेनेसिस क्याफेमा हार्ले डेभिडसन बाइक फेस्ट सम्पन्न भएको छ । नेपालमा हार्ले डेभिडसन बाइकको आधिकारिक बिक्रेता आईएमई अटोमोटिभ्सले आयोजना गरेको उक्त बाइक फेस्टमा अमेरिकी लिजेन्ड्री बाइक आइरन ८८३ को टेष्ट राइड गरी विभिन्न राइडरहरुले आनन्द लिएका थिए । यस्तैहार्ले डेभिडसन ब्रान्डका कपडाहरु र स्पेयर पार्ट्सकोवारेमा समेत जानकारी लिन सकिने व्यवस्था थियो । आईएमई ग्रुप अन्तर्गतको आईएमई अटोमोटिभ्सले सन् २०१८ को नाडा अटो शोमार्फत नेपालमा पहिलो पटक हार्ले डेभिडसनका बाइक भित्र्याएको थियो । हाल काठमाडौंको गैरीधारामा यसको विश्व स्तरीय सोरुम रहेको छ । हार्ले डेभिडसन मोटर कम्पनीले कस्टम, क्रुजर र टुरिङ मोटरसाइकलहरु उत्पादन गर्छ । यसले...

Read More

लिवियामा सैनिक भिडन्त : कम्तीमा ३२ को मृत्यु

एजेन्सी त्रिपोली– लिबियाको राजधानी त्रिपोली नजिक खलिफा हफ्तारप्रति वफादार सैनिकसँगको भिडन्तमा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन् । राष्ट्रसङ्घ समर्थित लिबियाली सरकारका स्वास्थ्य मन्त्री अहमिद ओमारका भिडन्तमा हफ्तार समर्थित १४ जना लडाकू समेत मारिएको जानकारी दिए । आइतबार पनि त्रिपोली नजिक हफ्तार समर्थित लडाकूहरु र अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारबीच भिडन्त भएको थियो । राजधानी कब्जा गर्ने उद्देश्यसहित दुबै पक्षबाट हवाई आक्रमण समेत भएका थिए । संयुक्तराष्ट्र सङ्घ र संयुक्तराज्य अमेरिकाले तत्कालै युद्धविराम गर्न दुबै पक्षलाई आग्रह गरेपनि भिडन्तहरु रोकिएका छैनन् । लिबियाका नेता मौमर गद्दाफीको सन् २०११ मा मृत्यु भएपछि पनि लिबियामा विभिन्न समूहबीच...

Read More

कामना सेवा विकास बैंक र साहारा हस्पिटलबीच सम्झौता, उपचारमा विशेष छुट

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेड र साहारा हस्पिटल प्रा.लि. पोखराबीच विशेष छुट पाउनेगरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार बैंकका सम्पूर्ण खातावाला, कर्मचारी साथै उनिहरुका परिवारका अन्य सदस्यहरुले साहारा हस्पिटलमा उपचार गराउँदा तथा औषधी खरिद गर्दा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावान्वित हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्गका प्रमुख सुवास भट्टराई र साहारा हस्पिटलको तर्फबाट संचालक समितिका अध्यक्ष डा. गिरीधारी शर्माले हस्ताक्षर गरेका छन् । बैंकले देशका विभिन्न भागहरुमा ८१ वटा शाखा तथा ३६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो...

Read More